काठमाडाैँ । शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
तपाईंको प्रतिकृया




