काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्र बैंकले निजी क्षेत्रले दिएका सुझावहरू मौद्रिक नीति सर्कुलरमा समेट्ने अपेक्षा रहेको बताएका छन् । बिहीबार महासङ्घले आयोजना गरेको आर्थिक नीतिले परिवर्तन गरेका कर नीति र मौद्रिक नीतिको असर विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन। उनले राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति कार्यान्वयनका लागि सर्कुलर क्रमशः जारी भइरहेको बताउँदै निजी क्षेत्रले दिएका सुझावहरू मौद्रिक नीति सर्कुलरमा समेट्ने अपेक्षा रहेको …
पुरा पढ्नुहॊस »नेप्से सूचक ३ अंकले बढ्याे
काठमाडौं । साताको अन्तिम आज (बिहिबार) शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बिहीवार तीन अङ्कले बढेर दुई हजार ८९ दशमलव ८४ विन्दुमा पुगेको छ । आज विकास बैंक, फाइनान्स, होटल, जलविद्युत् र निर्जीवन बीमा समूहको शेयर सामान्य घटेको छ भने अरू समूहको शेयर सामान्य बढेको छ । आज सबैभन्दा धेरै सपोर्ट लघुवित्त र एनआईबीएल ग्रोथ फन्डको शेयर १० प्रतिशतले बढेको छ । प्रोग्रेसिभ फाइनान्सको शेयर …
पुरा पढ्नुहॊस »सेगवेका ईलेक्ट्रिक स्कुटर अब शून्य प्रतिशत ब्याजदरमा उपलब्ध
काठमाडौँ । सेगवेका ईलेक्ट्रिक स्कुटर अब शुन्य प्रतिशत ब्याजदरमा ऋण सुविधासहित उपलब्ध भएका छन् । १८ महिनाको सरल किस्ताबन्दीमा शून्यप्रतिशत ब्याजमा ५ लाखसम्मका इलेक्टिक स्कुटर उपलब्ध रहेको आईहब प्रालि, टेक्नोलोजीमा अग्रणी र गतिशील कम्पनी र सेगवे नाइनबटको नेपालका लागि आधिकारिक बिक्रेताले जनाएको छ । दिगो यातायात विकल्पहरूप्रति दृढ प्रतिबद्धताका साथ सेगवेको शून्य प्रतिशत फाइनान्सिङ सेवाले नेपालभरका व्यक्तिहरूलाई ५ लाख रुपैयाँसम्मको कर्जा रकममा ब्याजको बोझ नलिई आफ्नो रोजाईको विद्युतीय स्कुटरको स्वामित्वमा …
पुरा पढ्नुहॊस »‘मिसेस नेपाल वर्ल्ड’ दीक्षालाई इलेक्ट्रिक स्कुटर प्रदान
काठमाडाैँ । ‘मिसेस नेपाल वर्ल्ड’ की विजेता दीक्षा केसीलाई इलेक्ट्रिक स्कुटर पुरस्कार हस्तान्तरण गरिएको छ। बुधबार ललिपुरमा एक समारोहबीच विजेता केसीलाई रातो रंगको सो इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको हो। मिसेस नेपाल वर्ल्डका आयोजक तथा रिवन इन्टरटेन्मेन्टका अध्यक्ष निशुकान्त झा, मिसेस नेपाल वर्ल्डका अफिसियल कोरियोग्राफर अश्विनी कान्त झा, एस वे कम्पनीकी गृष्मा शाक्य तुलाधर लगायतले ललितपुरमा एक समारोहबीच दिक्षालाई सो स्कुटर हस्तान्तरण गरेका हुन्। रिवन इन्टरटेन्मेन्ट प्रालिले आयोजना गर्दै आएको मिसेस …
पुरा पढ्नुहॊस »कुमारी सुनौलो लगानी योजनाको भुक्तानी ईसेवाबाटै गर्न सकिने
काठमाडौँ । ईसेवाबाट अबदेखि कुमारी सुनौलो लगानी योजनाको भुक्तानी गर्न सकिने भएको छ । यो योजना कुमारी क्यापिटलको म्युचुअल फण्डको वेभसाइटमा ईसेवा मार्फत भुक्तानी गर्न सकिने भएको हो । अनलाइन भुक्तानी सम्बन्धी सम्झौता पत्रमा ईसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे । हाल ईसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् ।
पुरा पढ्नुहॊस »अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओमा आवेदन खुला
काठमाडौ । अप्पर लोहोरे खोला हाइड्रोपावरको आज बिहीबार साउन १८ गते कार्यालय समयबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ। कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९५ अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो। यसमध्ये १ लाख ९८ हजार ८२४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ। यसैगरी, कर्मचारीलाई ३९ हजार ७६५ कित्ता र सामूहिक लगानी कोषका लागि …
पुरा पढ्नुहॊस »सुनको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ। आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख …
पुरा पढ्नुहॊस »आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८४ पैसा र बिक्री दर १३२ रुपैयाँ ४४ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ७५ पैसा र बिक्री दर १४५ रुपैयाँ ४१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५६ पैसा र बिक्री दर १६९ रुपैयाँ ३२ पैसा रहेको छ । …
पुरा पढ्नुहॊस »वर्ल्डलिंकले गेमिङ प्याकेज सार्वजनिक गर्दै
काठमाडाैं । वर्ल्डलिंकले पब्जीसँगको सहकार्यमा नयाँ गेमिङ प्याकेज सार्वजनिक गर्ने तयारी गरेको छ। ई–स्पोर्टस् समूदायलाई लक्षित गर्दै इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले गेमिङ प्याकेज ल्याउन लागेको हो। मोबाइल गेमिङ समूदायका लागि प्रतिक्षित मानिएको उक्त प्याकेज केहि इ(स्पोर्टस् खेलाडिले परिक्षणका रुपमा प्रयोग गर्दै आएका थिए। उनीहरुले उक्त प्याकेज प्रयोग गर्दा पब्जीको लेटेन्सी एकदमै न्युन पाएको खुलासा गरेका छन्। उक्त प्याकेज ‘प्रो गेमिङ वाईफाई सिक्स’ राउटरको साथमा उपलब्ध हुने बताइएको छ। जसले गर्दा ई–स्पोर्टसमा …
पुरा पढ्नुहॊस »अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा ४५ देशलाई पछि पार्दै नेपाली दुई युवाले जिते तेस्रो स्थान
काठमाडौं । ग्रीसको भोलसमा सम्पन्न छैटौं अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा नेपाली दुई युवाले तेस्रो स्थान हाँसिल गरेका छन् । गत जुलाइ २४ देखि अगस्ट २ सम्म चलेको ओलम्पियाडमा नेपालको तर्फबाट भिक्टर हमाल र भार्गभ चटौतले ब्रोन्ज मेडल जित्दै अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा तेस्रो स्थान हासिल गरेका हुन् । यस अघिको संस्करणमा पनि नेपाली युवा अंकित सुवेदी र अजर गुरुङले तेस्रो स्थान नै ल्याएका थिए । त्यतिबेला ४२ देशको सहभागिता रहेको थियो । …
पुरा पढ्नुहॊस »