आर्थिक

विदेशी मुद्रा सञ्चिती १२ खर्ब ९२ अर्ब, ८ महिनाको वस्तु तथा सेवा आयात धान्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार हाल मुलुकमा ९ अर्ब ४२ करोड अमेरिकी डलर बराबर अर्थात १२ खर्ब ९२ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चित रहेको छ । गत मंसिरसम्म नेपालमा रहेको कुल विदेशी विनिमय सञ्चितिले ८.७ महिनाका लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । चालु आर्थिक वर्षको पाँच महिनाको वित्तीय प्रतिवेदनअनुसार गत मंसिर महिनासम्मको विदेशी मुद्रा सञ्चितिले वस्तु आयात १० महिनाको धान्न सक्छ …

पुरा पढ्नुहॊस »

घरजग्गा व्यवसायीका १५ बुँदे माग

काठमाडौं । घरजग्गा व्यवसायीले विभिन्न १५ बुँदे माग अघि सारेका छन् । नेपाल जग्गा तथा आवास विकास महासंघको टोलीले बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीलाई भेटेर १५ बुँदे माग प्रस्तुत गरेको हो । महासंघ अध्यक्ष मिनमान श्रेष्ठ नेतृत्वको टोलीले घरजग्गा व्यवसाय क्षेत्रका समस्याबारे मन्त्री राईको ध्यानाकर्षण गराएको छ । १५ बुँदे मागमा अनधिकृतरूपमा व्यक्तिगत तवरले भइरहेका घरजग्गाको कारोबार नियन्त्रण गर्न चालु आर्थिक वर्ष २०७९/०८० को बजेटमा उल्लेख भएअनुसार …

पुरा पढ्नुहॊस »

डिजी पे र द नेपाल टपबीच सहकार्य

काठमाडौं । डिजी पे प्रालिले बजार र सेवा विस्तार योजनाअन्तर्गत राष्ट्रिय दैनिक संस्था द नेपाल टपसँग सहकार्यका लागि सम्झौता गरेको छ । सहकार्यअनुसार डिजी पेले ल्याएको व्यावसायिक तथा घरदैलो योजनाअन्तर्गत डिजी पेमा आबद्ध हुने सम्पूर्ण व्यवसायी तथा घरदैलोका ग्राहकले द नेपाल टपको सौजन्य झण्डै ५० हजार रुपैयाँ पर्ने रंगिन विज्ञापन १५ हजार रुपैयाँ, एक हजार पाँच सय रुपैैयाँ पर्ने वार्षिक ग्राहक एक हजार र वर्गीकृत तथा अन्य विज्ञापनमा ७० प्रतिशतसम्म …

पुरा पढ्नुहॊस »

राष्ट्रिय योजनामा सुनचाँदी पनि समेट्न आग्रह

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले राष्ट्रिय योजनामा सुनचाँदीका विषय समावेश गर्न आग्रह गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग भेट गरी सुनचाँदीका विषय मुलुकको पञ्चवर्षीय योजनामा समावेश गर्न आग्रह गरेको हो । सो अवसरमा उपाध्यक्ष श्रेष्ठले महासंघले अघि सारेका सुन उत्खनन्, निकासी-पैठारी, ओसारपसार, कालीगढ व्यवस्थापन र तालिमलगायतका विषय सम्बोधन गर्न आयोगले आफ्नातर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता …

पुरा पढ्नुहॊस »

राजस्व र बैङ्कको सफ्टवेयर परीक्षणका लागि एकीकृत

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको राजस्व सफ्टवेयरसँग एनआईसी एशिया बैङ्कको सफ्टवेयर परीक्षणका लागि एकीकृत गरिएको छ । वडा नं. ५ मा माघ ९ गते सफ्टवेयर एकीकृत गरेर १० गतेबाट एकीकृत प्रणालीबाट रकम संकलन गर्ने कार्य सञ्चालन गरियो । प्रणाली सञ्चालनको पहिलो दिन राजस्व, शुल्क तथा दस्तुर शीर्षकमा ८४ हजार ९५५ रुपैयाँ संकलन भएको छ । वडाध्यक्ष वीरेन्द्र प्रजापतीकाअनुसार ८ वटा शीर्षकमा यो रकम संकलन भएको हो । जसमध्ये सबैभन्दा धेरै सम्पत्ति …

पुरा पढ्नुहॊस »

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडाैँ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ७ हजार रुपैयाँ नजिक पुगेको छ। बुधबार तोलामा एक सय रुपैयाँ घटेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख छ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको …

पुरा पढ्नुहॊस »

आज हरियो तरकारी र फलफूलको मुल्य कति ?

काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फलफूल तथा तरकारीको मूल्य तोकेको छ । समितिका अनुसार आज बिहिबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३०० रुपैयाँ, हरियो अंगुर १८० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, अम्बा १२० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ र नेपाली सुन्ताला १३० रुपैयाँ तोकिएको छ । त्यस्तै, रातो आलु ३० रुपैया, सेतो आलु २० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ , कागती १२० रुपैयाँ, किवि …

पुरा पढ्नुहॊस »

कर्मचारीको न्यूनतम तलब स्केल ४० हजार पुर्‍याउन सुझाव

काठमाडौँ । कर्मचारीको न्यूनतम तलब स्केल बढाउन सुझाव आएको छ । राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरावलोकन गर्न गठित उच्चस्तरीय तलब सुविधा आयोगसमक्ष कर्मचारीको न्यूनतम तलब स्केल ४० हजार रुपियाँ पुर्‍याउनुपर्ने सुझाव विभिन्न सरोकारवाला निकायबाट आएको हो । दैनिक महँगी बढ्दै गएको र महँगीलाई सम्बोधन गर्न न्यूनतम तलब स्केल बढाउनुको विकल्प नभएको उनीहरूको तर्क छ । कर्मचारीको प्रत्येक श्रेणीमा तलब ९ प्रतिशतले थप्नुपर्ने, तलबको ५ प्रतिशत ग्रेड दिनुपर्ने, निजामती र अन्य …

पुरा पढ्नुहॊस »

भाइबरले ल्यायो बिजनेस इनबक्स र खोजी गर्न मिल्ने कमर्सियल एकाउन्ट

काठमाडाैं । राकुटेन भाइबरले विश्वव्यापी रूपमा दुई प्रमुख सुरुवातहरू घोषणा गरेको छ । कम्पनीले बिजनेस इनबक्स र खोजी गर्न मिल्ने कमर्सियल एकाउन्ट सुरु गरेको हो। कम्पनीले प्रयोगकर्ता र व्यवसाय दुवैलाई ध्यानमा राखेर भाइबरका अपडेटहरू अझ राम्रो ग्राहक अनुभव र ब्राण्ड संलग्नता प्रदान गर्ने दिशामा कदम चालेको जनाएको छ। यस सुविधाले आधिकारिक ब्राण्ड एकाउन्टहरूबाट सबै बिजनेस मेसेजहरूलाई एक फोल्डरमा भण्डारण र व्यवस्थित गर्न अनुमति दिने (जस्तै बैंक सूचना, डेलिभरी सेवाबाट अर्डर …

पुरा पढ्नुहॊस »

आईएमई पे एप डाउनलोड ४० लाख पुग्यो

काठमाडाैं । भुक्तानी सेवाप्रदायक कम्पनी आइएमई पेको एप डाउनलोड संख्या ४० लाख पुगेको छ। एप डाउनलोड संख्या ४० लाख पुगेको अवसर पारेर चन्द्रागिरिस्थित २५ सय ५१ मिटरको उचाइमा केक काटेर खुसियाली साटासाट गरिएको थियो। आईएमई ग्रुपमा कार्यरत अधिकांश कर्मचारीको उपस्थितिमा आयोजित पिकनिक कार्यक्रमसँगै सो उत्सव पनि मनाइएको थियो। ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल र आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले उक्त अवसरमा सहकर्मी साथीहरूकावीच खुशी आदानप्रदान गरेका थिए। …

पुरा पढ्नुहॊस »