लमहीमा पनि सिद्धार्थ हस्पिटालिटी सेवा

काठमाडाैँ । होटल ग्रिन लुम्बिनी प्रालिले सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटी प्रालिसँग व्यवस्थापकीय साझेदारीमा दाङको लमहीमा शुक्रबारदेखि आफ्नो सेवाको शुभारम्भ गर्ने भएको छ । सधैं ग्राहकको मागसँगै सेवा उपलब्ध गराउनुका साथै प्रदेश ५ मा आन्तरिक र बाहृय पर्यटकलाई भित्र्याउँदै यस क्षेत्रको समृद्धिमा सहयोग गर्ने अपेक्षासहित आफ्ना गतिविधि सञ्चालन गर्ने सिद्धार्थले बिहीबार पत्रकार सम्मेलन गरी जनाएको छ ।

सिद्धार्थ हस्पिटालिटी ग्रुपले व्यवस्थापकीय साझेदारीका रूपमा लिएको होटल ग्रिन लुम्बिनीमा २० वटा अत्याधुनिक सुविधायुक्त कोठा, तालिम र पार्टीका लागि तीन फरक–फरक क्षमताका हल, पारिवारिक वातावरणको रेष्टुरेन्ट, प्राइभेट डाइनिङ हल, बार, स्विमिङ पुल, स्पालगायतका सुविधा उपलब्ध रहेका छन् । निकट भविष्यमा ४२ वटा अत्याधुनिक सुविधायुक्त कोठा, जिम, हेल्थ क्लब साथै चारतारे स्तरीय सुविधा दिने योजना रहेको कम्पनीले जनाएको छ ।

होटल, रेष्टुरेन्ट, रिसोर्ट, बेकरी, क्याफे, होटल म्यानेजमेन्ट इष्टिच्युटलगायत हस्पिटालिटी क्षेत्रका व्यवसायको नेटवर्क बनाएर सिद्धार्थ ग्रुपले कैलालीको टिकापुर, कर्णालीको चिसापानी, नेपालगञ्ज, सुर्खेत, महेन्द्रनगर, बिर्तामोड, विराटनगर, नुवाकोटको बट्टार, कपिलवस्तुको चन्द्रौटा, बुटवल, चितवनको चुम्लिङटार, काठमाडांैको बानेश्वर, धोबीघाट, तीनकुने, सुन्धारा र बौद्घलगायतका स्थानमा ३० वटा शाखामार्फत् सेवा प्रदान गर्दै सिद्धार्थ ग्रुपले दाङको लमही ५ स्थित होटल ग्रिन लुम्बिनीमा व्यवस्थापकीय साझेदारीसहित सेवा विस्तार गरेको हो ।

दाङलगायत लुम्बिनी प्रदेशमा होटल व्यवसायलाई थप गुणस्तरीय बनाउने उद्देश्यका साथ सिद्धार्थ गु्रपले देशका अन्य प्रमुख शहरमा पनि त्यहाँका व्यवसायीसँग व्यवस्थापकीय सहकार्य गरेर सेवा विस्तार गर्ने तयारी गरिरहेको छ । सिद्धार्थले नेपालगञ्जमा चारतारे होटल सञ्चालन गरिरहेको छ भने भैरहवामा पाँचतारे होटल सञ्चालनको तयारीमा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस