एनएमबि लघुवित्तको १०.५२ प्रतिशत लाभांश घोषणा

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आउँदो वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले लाभांश प्राप्त गर्नेछन् । हाल यो कम्पनीको चुक्ता पुँजी ६५ करोड ५८ लाख ६२ हजार रुपैयाँ छ । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ७२ करोड १४ लाख ४८ हजार हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री