२५.२६ प्रतिशत लाभांश दिने छिमेक लघुवित्तको प्रस्ताव

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकबाट हाल कायम चुक्ता पुँजीको २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आउँदो वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।

हाल यो कम्पनीको चुक्ता पुँजी दुई अर्ब ३२ कारोड ४१ लाख रुपैयाँ छ । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब ८३ करोड ५४ लाख रुपैयाँ पुग्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस