आर्थिक

कुवेतको अल अन्सारी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफरको सेवा सुरु

काठमाडाैं । इसेवा मनी ट्रान्सफर र कुवेतको अल अन्सारी एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। यो सम्झौतासँगै कुवेतमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले, कुवेतका महाबुला, फर्वानिया, फहाहिल, सल्मियालगायत सहरमा रहेका ९ वटा शाखाहरुबाट इसेवा मनी ट्रान्सफरको डिजिटल माध्यमबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाका खातामा तथा पाउने व्यक्तिको इसेवा वालेटमा तुरुन्तै पैसा पठाउन सक्नेछन्। नेपालभरका इसेवा मनी ट्रान्सफरका एक लाख १२ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत पनि कुवेतबाट पठाएको नगद …

पुरा पढ्नुहॊस »

मोलुङ हाइड्रोपावरको आइपीओ आजबाट बिक्री खुला

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । मोलुङ हाइड्रोपावरले आजदेखि आइपीओ निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि २७ लाख २८ हजार ५०० कित्ता आइपीओ जारी गरेको हो । कम्पनीले ५ प्रतिशतले हुन आउने १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने बाँकी २२ लाख ६४ हजार ६५५ कित्तामा भने सर्वसाधारण आवेदन दिन पाउनेछन्। यस मध्ये १०% अर्थात् २ …

पुरा पढ्नुहॊस »

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले घटेको छ । आज छापावाल सुन तोलामा एक लाख तीन हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन उक्त सुन तोलामा एक लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि तोलामा …

पुरा पढ्नुहॊस »

लघुवित्तहरूले अतिरिक्त सेवा शुल्क बापतको एक अर्ब ६० करोड फिर्ता गर्ने सहमति

काठमाडौँ । लघुवित्त वित्तीय संस्थाहरूले ग्राहकहरूबाट सेवा शुल्कबापत अतिरिक्त रूपमा लिएको एक अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल लघुवित्त बैंकर्स सङ्घ, लघुवित्त सङ्घ नेपाल लगायतको बैठकमा लघुवित्तहरूले वार्षिक १ दशमलव ५ प्रतिशत बढी सेवा शुल्क नलिने सहमति पनि भएको छ । त्यसैगरी एउटा ग्राहकले एक भन्दा बढी लघुवित्त संस्थाबाट ऋण लिन …

पुरा पढ्नुहॊस »

सामसुङ फोल्डेबल फोनमा अफर

काठमाडौं । सामसुङले फेरि नेपाली बजारमा सामसुङको टप-टायर फोल्डेबल्स फोन ल्याएको छ । सासमुङका ग्यालेक्सी जेड फ्लिप ४ र ग्यालेक्स जेड फोल्ड ४ गत वर्ष बजारमा उपलब्ध भए पनि धेरै समयसम्म देखापरेका थिएनन् । यिनै उत्पादन लामो पर्खाइपछि फेरि नेपाली बजारमा ल्याएको हो । ग्यालेक्स जेड फोल्ड ४ खरिदमा १० हजार रुपैयाँ थप गरे ४९ हजार रुपैयाँ पर्ने नयाँ ४६ मिमिको ग्यालेक्सी वाच ४ क्लासिक पनि प्राप्त हुनेछ । जसबाट …

पुरा पढ्नुहॊस »

नेत्रज्योति र सिबिएम ग्लोबलबीच सम्झौता

काठमाडौं । नेपाल नेत्रज्योति संघ र सिबिएम ग्लोबलबीच सम्झौता भएको छ । प्रदेश नम्बर १ र मधेश प्रदेशमा गरिबीको रेखामुनि रहेका नागरिकलाई गुणस्तरीय आँखा तथा कान स्वास्थ्य सेवा प्रवाहका लागि सम्झौता भएको हो । सम्झौतापत्रमा संघका अध्यक्ष प्राडा चेतराज पन्त र सिबिएम ग्लोबलका कार्यकारी निर्देशक डेभिड बेनब्रिजले हस्ताक्षर गर्नुभएको छ । कार्यक्रममा संघका महासचिव भरतबहादुर चन्द, सदस्य पद्मनारायण चौधरी तथा सिबिएम ग्लोबलका कन्ट्री डाइरेक्टर सुरज सिग्देलको उपस्थिति थियो । सम्झौतासँगै …

पुरा पढ्नुहॊस »

डिजिटल रेमिट्यान्स प्रवद्र्धन गर्न स्वस्तिमा युएई जाने

काठमाडौं । चर्चित अभिनेत्री तथा इसेवा मनि ट्रान्सफरको ब्राण्ड फेससमेत रहनुभएकी स्वस्तिमा खड्का संयुक्त राज्य इमिरेट्स युएई जाने हुनुभएको छ । इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ योजनाअन्तर्गत डिजिटल रेमिट्यान्स प्रवद्र्धन गर्ने उद्देश्यले अल अन्सारी एक्सचेन्ज र इसेवा मनि ट्रान्सफरको निम्तोमा खड्का शनिबार युएई जान लाग्नुभएको हो । खड्काले अल खाइल मल शाखा र सेन्ट्रल मल शाखामा सहभागी सबैसँग डिजिटल रेमिट्यान्सबारेमा छलफल र नेपालीसँग अन्तरक्रिया गर्ने इसेवाले जनाएको छ ।

पुरा पढ्नुहॊस »

समृद्धिको मोबाइल बैंकिङ सेवा परिवर्तन

काठमाडौं । समृद्धि फाइनान्सले ग्राहकलाई प्रदान गर्दै आएको मोबाइल बैंकिङ सेवालाई एफ वान सफ्ट इन्टरनेशनल प्रालिको बैंकस्मार्ट मोबाइल बैंकिङमा परिवर्तन गरेको छ । अब ग्राहकले मोबाइल बैंकिङबाट एनसिएचएलको नेपाल पे क्युआर मर्चेन्टका साथै फोन पेको क्युआर मर्चेन्टमा पनि भुक्तानी गर्न सक्नेछन् । समृद्धिले हाल आठवटा शाखामार्फत् आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

पुरा पढ्नुहॊस »

टर्कीका भूकम्प पीडितलाई महासंघको सहयोग

काठमाडौं । टर्कीमा हालै गएको विनाशकारी भूकम्पबाट प्रभावित जनताका लागि नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न सहयोग सामग्री हस्तान्तरण गरेको छ । प्रभावित क्षेत्रमा पठाउने कार्यका लागि महासंघका तर्फबाट गृह मन्त्रालय/राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको त्रिभुवन विमानस्थलस्थित मानवीय सहायता स्थललाई सहायता सामग्री हस्तान्तरण गरेको हो । महासंघबाट पठाइएको सहयोग सामग्रीमा ज्याकेट, टाउजर, स्लिपिङ ब्याग, सेनेटरी प्याड, डाइपर, मेडिकल ग्लोब्स, ब्याण्डेज, अक्सिजन मास्क, क्यानुला, स्किन सेटप्लर र आइभी सेटलगायत रहेका …

पुरा पढ्नुहॊस »

फागुन १० गतेदेखि आइपीओ निष्कासन गर्दै मेन्छियाम हाइड्रोपावर

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । मेन्छियाम हाइड्रोपावरले फागुन १० गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आइपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले स्थानीयलाई जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार ३ सय रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ४२ लाख ५८ हजार ३ सय रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो …

पुरा पढ्नुहॊस »