डिजी पे र द नेपाल टपबीच सहकार्य

काठमाडौं । डिजी पे प्रालिले बजार र सेवा विस्तार योजनाअन्तर्गत राष्ट्रिय दैनिक संस्था द नेपाल टपसँग सहकार्यका लागि सम्झौता गरेको छ ।

सहकार्यअनुसार डिजी पेले ल्याएको व्यावसायिक तथा घरदैलो योजनाअन्तर्गत डिजी पेमा आबद्ध हुने सम्पूर्ण व्यवसायी तथा घरदैलोका ग्राहकले द नेपाल टपको सौजन्य झण्डै ५० हजार रुपैयाँ पर्ने रंगिन विज्ञापन १५ हजार रुपैयाँ, एक हजार पाँच सय रुपैैयाँ पर्ने वार्षिक ग्राहक एक हजार र वर्गीकृत तथा अन्य विज्ञापनमा ७० प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।

सम्झौतापत्रमा द नेपाल टपका बजार व्यवस्थापक रितेश पोखरेल र डिजी पेका अध्यक्ष दिवाकरबहादुर पाण्डेले हस्ताक्षर गर्नुभएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री