भालुको आक्रमणबाट एकजनाको मृत्यु

जंगली भालुको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु भएको छ ।

भालुको आक्रमणबाट माडी नगरपालिका वडा-१ पाण्डवनगर निवासी अन्दाजी वर्ष ४६ का राजकुमार बोटको  मृत्यु भएको प्रहरीले जनाएको छ ।

तामाको मुना खोज्न गएका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा बिहीबार बिहान माडीको देउता खोलाको किनारमा उनको शव भेटिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप