मोरङ । नेपाल बंगलादेश बैंकले मोरङ जिल्लाकाे बुधबारे बजारमा आफ्नो ८ औ विस्तारित सेवा केन्द्रकाे सुरुवात गरेको छ ।बैंकिङ्ग पहुँचबाट टाढा रहेको अवस्थामा ग्रमिण भेगमा वित्तिय पहुँच पुर्याई हरेक नेपालीको एक बैंक खाता खोल्ने नेपाल सरकारको नितिलाई सघाउन बैंकले आफ्नो सेवा केन्द्र संचालनमा ल्याएको जनाएकाे छ ।
उक्त सेवा केन्द्रबाट सामाजिक सुरक्षा लगायत नेपाल सरकारबाट बैंकिङ्ग प्रणाली मार्फत प्राप्त हुने सम्पुर्ण सेवा, शिक्षक एवं कर्मचारीहरुको तलबी खाता संचालन गर्न लगायतका सेवाहरु प्रदान गरिने छ ।
प्रतिकृया दिनुहॊस