सामसङको नयाँ फोल्डएबल फोन

काठमाडौं । सामसङले  फोल्डएबल फोन ‘जेड फोल्ड–३’ सार्वजनिक गरेको छ। जेड फोल्ड–३’को बाहिरी डिस्प्ले ६.२ इन्चको एमोलेड कभर स्क्रिनका साथ आएको छ।

यसलाई फोल्ड गर्दा ७.६ इन्चको इन्फिनिटी फ्लेक्स डिस्प्ले पाउन सकिन्छ। जेड फोल्ड–३’मा सेल्फी क्यामरा डिस्प्ले भित्र राखेको छ। यसमा  क्यामरा एप खोल्दा मात्र सो क्यामरा देख्न सक्छन्। अरुबेला नांगो आँखाले क्यामरा देख्न सक्दैनन्।

यो सेल्फी क्यामरा ४ मेगापिक्सलको छ। यसको पछाडीपट्टि तीनवटा क्यामरा छ, जसमा १२ मेगापिक्सलको वाइड, अल्ट्रावाइड र टेलिफोटो क्यामरा छ।फ्यान्टम ग्रीन, फ्यान्टम ब्ल्याक र फ्यान्टम सिल्भर रङमा उपलब्ध रहेको ‘जेड फोल्ड–३’ अगस्ट २३ देखि बिक्री सुरु हुनेछ।यसको मूल्य एक हजार सात सय ९९ अमेरिकी डलर तोकिएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेपाल टेलिकमको आम्दानी घट्यो, नाफा भने वृद्धि

काठमाडौं । नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०८०/ ०८१ को तेस्रो त्रैमासिकको वित्तीय विवरण सोमबार …

प्रतिकृया दिनुहॊस