रश्मी

नेपाल इन्भेस्टमेन्ट बैंककाे नाफा ५०.६९ प्रतिशतले बढ्यो

काठमाडौं। नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा रु  ३ अर्ब ६५ करोड  नाफा आर्जन गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको  नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५०.६९ प्रतिशतले बढी हो। समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९९ करोड रुपैयाँ रहेको छ। बैंकले ५ अर्ब ५९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ३.२० प्रतिशतले घटेको छ। अघिल्लो वर्ष सोही अवधिमा  बैंकको  खुद ब्याज …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचक २४ दशमलव ८८ अङ्कले घट्यो

काठमाण्डाै ।आइतबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २४ दशमलव ८८ अङ्कले घटेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार आइतबार   नेप्से २४ दशमलव ८८ अङ्कले घटेर  ३ हजार १५४ दशमलव ०३    बिन्दुमा  आइपुगेको छ । स्टकका अनुसार आज कुल २२२ कम्पनीका ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता शेयर २१ अर्ब ६४ करोड ७६ लाख ६५५ रुपैयाँमा खरिद–बिक्री भएको छ ।

पुरा पढ्नुहॊस »

माथिल्लो तामाकोशी ४ करोड १६ लाख रुपैयाँ घाटामा

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युतले आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार माथिल्लो तामाकोशी जलविद्युतले आर्थिक वर्षमा  ४ करोड १६ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो वर्ष   तामाकोशीले १५ करोड ४० लाख रुपैयाँ घाटा व्यहोरेको थियो। चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ ८३ करोड २३ लाख रुपैयाँ ऋणात्मक रहेको छ। कम्पनीको   ईपीएस ३९ पैसाले ऋणात्मक रहेको छ भने प्रतिसेयर …

पुरा पढ्नुहॊस »

ज्योति लाइफ इन्स्योरेन्सको नाफा १३ करोड १४ हजार रुपैयाँ

काठमाडौँ ।ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७÷७८ को चौथो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ । सार्वजनिक  वित्तीय  विवरण अनुसार कम्पनीले गत आर्थिक वर्ष २०७७÷७८ को चौथो त्रैमासिक सम्ममा  १३ करोड १४ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनमा  ८०.५० प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीको नाफा ७ करोड २० लाख २६ हजार रुपैयाँ रहेको थियो । कम्पनीको चुक्ता पुँजी २ …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकको नयाँ शाखा ललितपुरको भैँसेपाटीमा

एभरेष्ट बैंकले  ललितपुरको भैँसेपाटीमा आफ्नो १०४ औं शाखा संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेको छ।

पुरा पढ्नुहॊस »

मेगा बैंकका एकैदिन थप ५ नयाँ शाखा सञ्चालनमा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आइतबार एकैदिन ५ वटा नयाँ शाखा विस्तार गरेको छ। बैंकले मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० विराटचोकमा, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ११ गाइघाटमा, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ चन्द्रपुरमा, चितवन जिल्लाको रत्ननगर नगरपालिका वडा नम्बर ६ सौराहामा र कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर ६ गौरीघाटमा शाखाहरु विस्तार गरेको छ ।  

पुरा पढ्नुहॊस »

भरुवा बन्दुक सहित सुनसरीबाट  एक जना पक्राउ

सुनसरी। सुनसरी बराहक्षेत्र नगरपालिका १ का ६३ बर्षीय बरम बहादुर राईलाई एक थान भरुवा बन्दुक सहित प्रहरीले  पक्राउ गरेको  छ । २६ गते राईले बाँदरलाई गोली हान्दा उनकै नाती १३ बर्षीय अभिषेक राईलाई छर्राले लागी घाईते भई उपचारको लागी घोपा धरान लगेको भन्ने सुचनाको आधारमा प्रहरी टोलीले उनलाई खोजतलास गरिरहेको थियो । खोजतलासकै क्रममा बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले राईलाई विराटनगरबाट पक्राउ गरि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर …

पुरा पढ्नुहॊस »

सानिमा बैंक लिमिटेडको नाफा रू. २ अर्ब २७ करोड ६४ लाखभन्दा बढी

काठमाडौं ।सानिमा बैंकको नाफा २८ प्रतिशतले बृद्धि भएको छ । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. २ अर्ब २७ करोड ६४ लाखभन्दा बढी खुद नाफा गरेको छ  जुन अघिल्लो वर्षको तुलनामा २८ दशमलव १६ प्रतिशत बढी हो । बैंकले अघिल्लो वर्ष रू. १ अर्ब ७७ करोड ६२ लाखभन्दा बढी खुद नाफा गरेको थियो । १० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. ९ अर्ब ६८ करोड १५ …

पुरा पढ्नुहॊस »

आज थप ३ हजार ९१५ जनामा काेराेना संक्रमण

काठमाडाै ।शुक्रबार  नेपालमा थप  ३ हजार ९१५  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार   ३ हजार  ९१५  जनामा संक्रमण पुष्टि भएको हो । आज थप २७  जनाको मृत्यु भएको छ भने  २११८  जना संक्रमणमुक्त भएका छन् ।नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:३    प्रतिशत रहेका छ । आज १८ हजार ५८२  नमुना  परीक्षण गरिएको थियो ।

पुरा पढ्नुहॊस »

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ भोलि बिहान ११ बजे बाँडफाँड हुने

काठमाडौं ।सानिमा लाइफको आईपीओ भोलि बिहान ११ बजे  बाँडफाँड हुने भएको छ।काठमाण्डौको दरबारमार्गस्थित सानिमा लाइफ इन्स्योरेन्सको कार्यालयमा हुनेछ। कम्पनीले गत साउन २० गतेदेखि साउन २४ गतेसम्म १०० अंकित दरका कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो।आईपीओमा हालसम्मकै सर्वाधिक आवेदन परेको  थियो ।

पुरा पढ्नुहॊस »