कलाकार सिद्धार्थ शुक्लाको निधन

काठमाडौं। भारतीय  चर्चित  टेलिभिजन कलाकार सिद्धार्थ शुक्लाको  निधन भएको छ।

टेलिसिरियल बालिका बधुबाट चर्चामा आएका शुक्लाको  हृदयघातका कारण बिहीबार निधन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

शुक्लाले शोबिजमा मोडलिङ गरेर आफ्नो करिअर सुरु गरेका थिए। टेलिभिजन सिरियल बाबुलका आँगन छुटे नाबाट उनले डेब्यू गरेका थिए। उनी भारतको चर्चित रियालिटी सो बिग बोस सिजन १३ का विजेता समेत हुन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री