लक्ष्मी बैंकको २० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं ।  लक्ष्मी बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । बिहीवार बैंकको २० लाख  कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।बैंकले ‘८.५ प्रतिशत लक्ष्मी बैंक डिवेन्चर २०८८’ सूचीकृत गराएको हो ।  ।बैंकले गत असार २८ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको थियो । ८ प्रतिशत ब्याजदरकाको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार १५ गते स्वीकृति पाएको थियो ।

बैंकले २० लाख कित्ता ऋणपत्रमध्ये ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट बिक्री गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप