रश्मी

थप १ हजार६७७ जनामा कोरोना संक्रमण

काठमाडाै।मंगलबार  नेपालमा थप १  हजार६७७  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १ हजार ६७७जनामा संक्रमण पुष्टि भएको हो । आज थप २१ जनाको मृत्यु भएको छ भने २०७२ जना संक्रमणमुक्त भएका छन् । नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:२  प्रतिशत रहेका छ । आज १५ हजार ३४ नमुना परीक्षण गरिएको थियो  ।

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंक र ल्यान्डमार्क होटेल्स रिर्सोटबीच सम्झौता

काठमाडौं । गरिमा विकास बैंक र  ल्यान्डमार्क होटेल्स रिर्सोटबीच सम्झौता भएको छ । सम्झौताअनुसार गरिमा विकास बैंकका ग्राहकले ल्यान्डमार्क होटेल्समा डिलक्स रुममा ३५% छुट, फुड एन्ड बेभरेजमा १५% छुट साथै अन्य सेवासुविधामा आर्कषक छुट पाउनेछन्। गरिमा विकास बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकले काठमाडौं, पोखरा र चितवनमा रहेको ल्यान्डमार्क होटेलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्ने बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

मोरङबाट गाँजा सहित एक जना पक्राउ

मोरङ ।मोरङ बेलबारी नगरपालिका ८ बलुही का ७४ बर्षीय भबिलाल सहनीलाई लागूऔषध गाँजा सहित पक्राउ गरिएको छ । सोमबार  दिउसो  बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय RIT समूहबाट खटिएको प्रहरी टोलीले उनको घरबाट गाँजा ७ केजी ४४५ ग्राम बरामद गरेको हो ।

पुरा पढ्नुहॊस »

मंगलबार नेप्से परिसूचक ४४ दशमलव १८ अङ्कले घट्यो

काठमाण्डाै । मंगलबार  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ४४ दशमलव १८ अङ्कले घटेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार मंगलबार   नेप्से ४४ दशमलव १८   अङ्कले घटेर २  हजार ९३६ दशमलव ६१   बिन्दुमा आइपुगेको छ । स्टकका  अनुसार आज कुल २२२   कम्पनीका १  करोड ५०  लाख ८२   हजार ८१  कित्ता शेयर ७   अर्ब ४९    करोड ५८ लाख १२ हजार १६१     रुपैयाँमा खरिद–बिक्री भएको छ ।

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकबाट विद्युत महसुल भुक्तानी गर्न सकिने

महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत वा बैंकको काउन्टरमा गएर अब ग्राहकले विद्युत महसुल भुक्तानी गर्न सक्ने भएका छन्। बैंकले आफ्ना ग्राहक तथा सर्वसाधारण जनतालाई विद्युत महसुल बुझाउन सहजीकरण गर्ने उद्देश्यले  नेपाल विद्युत प्रधिकरणसँग विद्युत महसुल संकलनसम्बन्धी सम्झौता गरेको हो। सम्झौतापत्रमा प्राधिकरणका तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका छन्।

पुरा पढ्नुहॊस »

युनिलिभर नेपालको ६५० प्रतिशत नगत लाभांश घोषणा

युनिलिभर नेपालले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ २१ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई  ६५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। युनिलिभर नेपालले  अघिल्लाे वर्ष शतप्रतिशत मात्रै लाभांश दिएको कम्पनीले यस वर्ष लाभांश दर बढाएको छ। प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

पुरा पढ्नुहॊस »

मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु

मोरङ ।मोरङ मिक्लाजुङ्ग गाऊपालिका ६ का २९ बर्षीय दिपक लिम्बुको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार दिउसो आफ्नै घर कोठामा बिजुलीको बत्ति बनाउने क्रममा करेन्ट लागी घाईते भएका उनको गोदावारी अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।

पुरा पढ्नुहॊस »

मेगा बैंकको एटीएम सेवा झापाको भद्रपुरमा

काठमाडौं । मेगा बैंकले झापाको भद्रपुर नगरपालिका स्थित घोडामारामा एटीएम सेवा विस्तार गरेको छ । झापाको भद्रपुर नगरपालिका वडा नम्बर -८ घोडामारास्थित सशस्त्र प्रहरीको २ नम्बर ब्यारेक अगाडि  विशेष कार्यक्रमकाबीच मेगा बैंकले एटीएम सेवा सञ्चालन गरेको हो ।

पुरा पढ्नुहॊस »

सनराइज बैंकको २ शाखारहित बैकिङ्ग सेवा बिस्तार

सनराइज बैंकले  सुनसरीमा  शाखारहित बैकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले जिल्लाको रामधुनी नगरपालिका वडा नं. २ तित्रिवनमा ८९ औं शाखारहित बैकिङ्ग सेवा शुभारम्भ गरेको हो । उक्त शाखारहित बैंकिङ्ग सेवाहरु संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८९ पुगेको छ । बैंकले सेवा सञ्चालनका लागी सोकनाह बजारका जितेन्द्र कुमार साह र तित्रिवनकी स्थानीय व्यवसायी रमिता चौधरीलाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ । सो शाखारहित बैकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, …

पुरा पढ्नुहॊस »

प्राइम बैंककाे ऋणपत्र नेप्सेमा सूचिकृत

काठमाडाैं । प्राइम कमर्सियल बैंक निष्काशन गरेको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सूचिकृत भएको छ । नेप्से र प्राइम कमर्सियल बैंकबीच ८.७५ प्रतिशत व्याजदर भएको प्राइम डिबेन्चर २०८५ ऋणपत्र सूचीकरणको सम्झौता भएको हो । प्रतियूनिट १ हजारको दरल हुन आउने २ अर्ब ४४ करोड ७९ लाख ६३ हजार बराबरको कुल २४ लाख ४७ हजार ९६३ युनिट ऋणपत्र सूचीकरणको सम्झौता भएको हो ।

पुरा पढ्नुहॊस »