सनराइज बैंकको २ शाखारहित बैकिङ्ग सेवा बिस्तार

सनराइज बैंकले  सुनसरीमा  शाखारहित बैकिङ्ग सेवा शुभारम्भ गरेको छ ।

बैंकले जिल्लाको रामधुनी नगरपालिका वडा नं. २ तित्रिवनमा ८९ औं शाखारहित बैकिङ्ग सेवा शुभारम्भ गरेको हो ।

उक्त शाखारहित बैंकिङ्ग सेवाहरु संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८९ पुगेको छ ।

बैंकले सेवा सञ्चालनका लागी सोकनाह बजारका जितेन्द्र कुमार साह र तित्रिवनकी स्थानीय व्यवसायी रमिता चौधरीलाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।

सो शाखारहित बैकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने छ ।

बैंकले यस अघि प्रदेश २, सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं.-१५ सोकनाह बजारमा ८८ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री