महालक्ष्मी विकास बैंकबाट विद्युत महसुल भुक्तानी गर्न सकिने

महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत वा बैंकको काउन्टरमा गएर अब ग्राहकले विद्युत महसुल भुक्तानी गर्न सक्ने भएका छन्।

बैंकले आफ्ना ग्राहक तथा सर्वसाधारण जनतालाई विद्युत महसुल बुझाउन सहजीकरण गर्ने उद्देश्यले  नेपाल विद्युत प्रधिकरणसँग विद्युत महसुल संकलनसम्बन्धी सम्झौता गरेको हो।

सम्झौतापत्रमा प्राधिकरणका तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका छन्।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकले गर्‍यो बेलबारीमा उद्यमी प्रशिक्षण कार्यक्रम

काठमाडौं । यूएसएडसँगको साझेदारीमा ‘देशैभरी वर्षैभरी’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण …

प्रतिकृया दिनुहॊस