नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेर आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ तोकिएको छ । आज चाँदीको प्रतितोला मूल्य एक हजार २२० रुपैयाँ कायम भएको चाँदी आज तोलामा १० रुपैयाँले घटेको हो ।
पुरा पढ्नुहॊस »खल्तीबाट तिर्न सकिन्छ जापानी भाषा प्रवीणता परीक्षाको आवेदन शुल्क
काठमाडौं । खल्तीले जेएएलटीएएनसँगको सहकार्यमा जापानी भाषा प्रवीणता परीक्षाको आवेदन फारम शुल्क खल्तीबाट सजिलै भुक्तानी गर्न सकिने भएको छ । यस पश्चात परीक्षाको फारम भुक्तानी मात्र खल्तीबाट गर्न सकिने छ । भुक्तानी सम्बन्धी सम्झौतामा जेएएलटीएएनका अध्यक्ष पूर्ण काजी प्रजापति र खल्ती वालेटका प्रबन्धक जोनाम भुर्तेलबीच हस्ताक्षर भएको छ । जेएएलपीटी जापानी भाषा सम्बन्धि ज्ञान परीक्षण गर्ने अन्तराष्ट्रिय संस्था हो । यसमा व्यक्तिको जापानिज भाषा पढ्न, सुन्न र बोल्न सक्ने दक्षताको …
पुरा पढ्नुहॊस »वर्ल्ड लिंकको फोटोन स्किमः ३०० एमबीपीएस क्षमताको इन्टरनेट
काठमाडौं । व वर्ल्ड लिंकले फोटोन स्किम अन्तर्गत यो इन्टरनेट सेवा शुरू गरेको हो । फोटोन उच्च गतिको इन्टरनेट हो । यसले घरभरि समान रूपमा इन्टरनेट उपलब्ध गराउँछ । नेपालमा पहिलो पटक ३०० एमबीपीएससम्मको गतिमा इन्टरनेट उपलब्ध गराएको वर्ल्ड लिंकले जनाएको छ । फोटोन स्किममा ग्राहकहरुले मेस वाईफाई प्रणालीबाट घरभरि नै धेरै उच्च गतिमा इन्टरनेट प्राप्त गर्ने कम्पनीले जनाएको छ । यस्तो वाईफाई प्राप्त गर्न नोकियाको बेकन १.१ राउटरहरू प्रयोग …
पुरा पढ्नुहॊस »तेह्रथुम पावरको आईपीओ शुक्रबार बाँडफाँट हुने
तेह्रथुम पावर कम्पनी लिमिटेडले निष्काशनमा ल्याएको आईपीओ शक्रबार बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलका अनुसार शुक्रबार बिहान शेयर बाँडफाँट हुने भएको हो । कम्पनीले भदौ ९ गते देखि १३ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो । कम्पनीले बिक्रीमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ४० हजार कित्ता शेयर सामूहिक …
पुरा पढ्नुहॊस »ज्योति विकास बैंक र सुनसरी रत्न तथा आभूषण संघबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडाैं । ज्योति विकास बैंक र सुनसरी रत्न तथा आभूषण संघबीच स्वच्छ व्यवसायस् सम्मानित व्यवसायी नामक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सो अन्तरक्रिया कार्यक्रममा व्यवसायी र बैंकबीच बैंकिंङ सहकार्यको उदेश्यको बारेमा छलफल भएको थियो । कार्यक्रममा उद्यमशीलता प्रवर्धनकाे लागि ल्याइएका विभिन्न बैंकिंङ सेवाहरु तथा डिजिटल बैंकिंङ सम्बन्धी विभिन्न सेवाहरुको बारेमा छलफल तथा अन्तरक्रिया भएको थियो । ज्योति विकास बैंक र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा आबद्ध व्यवसायी र त्यस्ता …
पुरा पढ्नुहॊस »रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालकमा अर्जुन भद्र खनाल नियुक्त
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालकमा अर्जुन भद्र खनाल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको २० गते सम्पन्न बैठकले खनाललाई सञ्चालक पदमा नियुक्त गरेको हो । खनाललाई संस्थापक शेयरधनी सिद्धार्थ बैंकको तर्फबाट सञ्चालक निुक्त गरिएको हो ।
पुरा पढ्नुहॊस »सङ्घीय संसद् अधिवेशन आज सुरु हुँदै
काठमाडौँ। सङ्घीय संसद्को दुवै सदनको अधिवेशन बुधबारदेखि प्रारम्भ हुँदैछ । अधिवेशनको पहिलो बैठक अपराह्न ४ बजे बस्ने छ । मन्त्रिपरिषद्को भदौ १९ गतेको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गर्नुभएको हो । सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनस्र्थापना भएसँगै साउन ३ गतेबाट अधिवेशन प्रारम्भ भई साउन ३२ गते अन्त्य भएको थियो । विचाराधीन विधेयकलगायतका ‘बिजनेस’ नै अगाडि बढाउन सक्ने अवस्था नरहेपछि अधिवेशन चाँडै अन्त्य गरिएको थियो । अन्त्यपछि फेरिएको राजनीतिक परिदृश्यसँगै सरकारले पुनः अधिवेशन आह्वानका लागि …
पुरा पढ्नुहॊस »संखुवासभा हत्या प्रकरण : नगद र गरगहना सुरक्षित, हत्या रहस्यमय
संखुवासभा । बौदमान कार्कीको परिवार झापामा जग्गा पास गर्ने तयारीमा थियो। विदेशबाट नातिहरूले पठाएको पैसा जम्मा गर्दै अपुगका लागि स्थानीयसँग ऋण खोज्दै थिए। त्यही क्रममा घरमा भएको पैसा लुट्न परिवारका ६ जनाको हत्या भयो कि भन्ने गाउँलेको आशंका थियो। तर, नगद र गरगहना सुरक्षित भेटिएको प्रहरीको भनाइ छ। प्रारम्भिक आशंकाले मेल नखाएपछि हत्या ‘रहस्यमय’ बनेको छ। संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँका बौदमानको परिवार नै सखाप गर्ने गरी ६ जनाको हत्या भएको थियो। …
पुरा पढ्नुहॊस »आजको मौसम कस्तो रहनेछ ?
हाल नेपालमा भारतको मध्य प्रदेश र विधार्वा आसपास अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक रहेको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान २०७८ भाद्र २३ गते (बुधबार) दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ। राती: देशभर सामान्य बदली …
पुरा पढ्नुहॊस »सरकारले छिट्टै पूर्णता पाउँछ: प्रधानमन्त्री देउवा
काठमाडाैं ।प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन दलहरुसँग छलफल तथा परामर्श गरेर सरकारलाई शीघ्र पूर्णता दिने बताएका छन् । कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकमा सांसदले राखेको जिज्ञासामा उनले सो जानकारी गराएका हुन् । कांग्रेस संसदीय दलका नेतासमेत रहेका उनले आफ्ना दलका सांसदलाई बुधबारदेखि प्रारम्भ हुने संसद् बैठकमा अनिवार्य उपस्थित भएर प्रभावकारी भूमिका निर्वाह गर्नसमेत निर्देशन दिए ।
पुरा पढ्नुहॊस »