बोलेरो दुर्घटनाहुदाँ ३ जनाको मृत्यु

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बाेलेराे रामेछापमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

आज बिहान मन्थली नगरपालिका वडा नम्बर-६ हात्तिसार कुनौलीबाट जीप खसेर दुर्घटनामा परेको  प्रहरीले  जनाएको छ ।प्रदेश नम्बर ३ –०१–०२३–च–३५१३ नम्बरको जीप सडकबाट पाँच सय मिटर तल खसेको थियो ।दुर्घटनामा परी एक जना गम्भीर घाइते भएको छन् ।

ओखलढुंगा घर भएका लक्पा शेर्पा र उनकी श्रीमती फुरूबाको मृत्यु भएको छ । अर्का एक जनाको भने पहिचान खुलेकाे छैन ।  घाइते बालक अन्दाजी १२ वर्षीय पेम्बा शेर्पा छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री