मेगा बैंकले मुद्दतिमा वार्षिक ९.५५%सम्म ब्याज दिने

काठमाडौं  । मेगा बैकले ग्राहकलाई ‘दसैँको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदरको उपहार’ नाराका साथ उच्च ब्याजदर योजना ल्याएको हो।

ग्राहकले मेगा बैंकको मुद्दति खातामा वार्षिक ९.५५ प्रतिशतसम्म ब्याज पाउने भएका छन् भने बचत खातामा ६.०५ प्रतिशतसम्म ब्याज पाउने  छन्।

यसैगरी मेगा बैंकले वार्षिक ब्याजदर ५.०५ प्रतिशतसम्म रहेको मासिक रुपमा ब्याज प्राप्त हुने नयाँ बचत खाता योजना ल्याएको छ।

‘मेगा महाबचत खाता’ नामक यस बचत योजनामा दुई वर्षसम्म भिसा डेबिट कार्ड र मोबाइल बैंकिङ सुविधा निःशुल्क गरिएको छ।

दुई वर्षसम्म लकर शुल्कमा ५० प्रतिशत छुट र उपभोक्ता कर्जा शुल्कमा २५ प्रतिशत छुट सुविधा रहेको यस खाता न्यूनतम १ हजार रुपैंयामा खोल्न सकिने बैंकले जनाएको  छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सनराईज बैंकले ल्यायो ‘शिक्षित लक्ष्मी’ कार्यक्रम

काठमाडौँ । महिला सशक्तीकरणप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै लक्ष्मी सनराईज बैंकले शिक्षित लक्ष्मी पहलको थालनी गरेको …

प्रतिकृया दिनुहॊस

This will auto close after