रश्मी

चर्चित  गायक हिमाल सागरको नयाँ गीत सार्वजनिक

काठमाडौं ।चर्चित  गायक हिमाल सागरको  ‘माया त दुईतर्फी नै थियो हाम्रो,खै के भयो……. बोलको गीतको म्युजिक भिडियो युटुब मार्फत सार्बजनिक भएकाे छ । उक्त गीत उनैले आफै लेखेका र गीतको पनि कम्पोज आफै गरेका छन् । नीतिन चन्दले निर्देशक गरेको भिडियोमा हिमाल र अञ्जु चौलागाईंले मोडलिङ गरेका छन् ।

पुरा पढ्नुहॊस »

अनु र तुलसीको ‘म त सिधा सिधा’ बोलको गीत सार्वजनिक

काठमाडौं ।  गायक तुलसी सिवाकोटीको आवाजमा समावेश ‘म त मान्छे सिधा सिधा’ बोलको गीतको म्युजिक भिडियो युटुब मार्फत सार्बजनिक भएकाे छ । उक्त गीतमा अनु शाह र गायक तुलसी सिवाकोटीले नै मोडलिङ गरेका छन् । भिडियोमा अनुलाई तेश्रो लिङ्गीको भूमिकामा देखाइएको छ ।

पुरा पढ्नुहॊस »

०१२३४५६ र १२३४५६ नम्बरबाट फोन आएमा नउठाउन टेलिकमको आग्रह

काठमाडौं । नेपाल टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने अपरिरिचत नम्बरबाट फोन आएमा नउठाउन  उपभोक्तालाई आग्रह गरेको छ । पछिल्लो समयमा ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने क्रम तीव्र भएपछि टेलिकमले त्यस्ता नम्बरको कल नउठाउन आग्रह गरेको हो । अपरिचित नम्बरबाट मोबाइल प्रयोगकर्तालाई चिठ्ठा परेको भन्दै ठगेकोले टेलिकमले ग्राहकलाई सचेत गराउन म्यासेज पठाएको हो । टेलिकमले अपरिचित कल नउठाउन भन्दै शंकास्पद फोन आएमा १८८ मा उजुरी गर्न आग्रह गरेको छ । …

पुरा पढ्नुहॊस »

आजदेखि मतदाता परिचयपत्र वितरण

काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणमा चुनाव हुने स्थानमा निर्वाचन आयोगले मतदाता परिचयपत्र  वितरणको काम   आजदेखि सुरु भएको छ । आउँदो आइतबार हुने चुनावका लागि आजदेखि सबै मतदान केन्द्रबाट परिचयपत्र वितरण गरिने निर्वाचन आयोगले जनाएको छ । मतदाता परिचयपत्र ८ र ९ गते दुई दिन वितरण हुनेछ । आयोगले दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रहरुको मतदाता परिचयपत्र भने १९ र २० गते वितरण हुने जनाएको छ । ३२ जिल्लामा मंसिर १० …

पुरा पढ्नुहॊस »

चलचित्र ‘ह्याप्पी न्यू ईयर’ ट्रेलर रिलिज

काठमाडौं ।चलचित्र ‘ह्याप्पी न्यू ईयर’ को ट्रेलर  सार्वजनिक भएको छ । देवकुमार श्रेष्ठ निर्देशित फिल्ममा कुशल थापा र सन्ध्या केसीको मुख्य भूमिका रहेको छ । चलचित्र पुष १४ गतेबाट  रिलिज हुनेछ ।

पुरा पढ्नुहॊस »

पहिलो चरणको मतपत्र जिल्ला पुर्‍याइयो

काठमाडौं । पहिलो चरणमा चुनाव हुने जिल्लामा मतपत्र पुगेको छ । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावका लागि  प्रत्यक्ष र समानुपातिक दुवै मतपत्र जिल्ला पठाइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ । निर्वाचन अायोगले हिमाली र बिकट केही जिल्लाहरूमा भने मतपत्र ढुवानीका लागि हेलिकोप्टर प्रयोग गरेको छ ।

पुरा पढ्नुहॊस »

ग्लोबल आइएई बैंक र GME कोरियाबीच सहकार्य

काठमाडौ । रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका बिदेशीहरुलाई लक्षित गरि ग्लोबल मनि एक्सप्रेस  (GME)   रेमिट्यान्स कम्पनि  बीच सहकार्य गरेको छ । छिटो छरितो र सहज रुपमा पैसा पठाउने माध्यमको रुपमा स्थापना गरिएको ग्लोबल मनि एक्सप्रेसको (GME) कोरियाका लागि नेपाली राजदुत महामहिम अर्जुन जंग बहादुर सिंहले संयुक्त रुपमा औपचारिक समुद्घाटन गरेका छन् । ग्लोबल आइएमई बैंकले सन् २०१३ देखि नै कोरियाबाट रेमिट्यान्स नेपालमा भित्र्याउदै आएको भए तापनि कोरियामा कोरियन सरकारको तर्फबाट प्राईभेट मनि …

पुरा पढ्नुहॊस »

काठमाडौंको कमलादीमा गोली चल्यो

काठमाडौं । काठमाडौंको कमलादीस्थित हेरिटेज प्लाजामा बुधबार साँझ गोली चलेको छ । प्रहरीले गोली हानेर भाग्दाभाग्दै दुई जनालाई पक्राउ गरेको छ । कमलादीको प्रज्ञा भवन छेउमा रहेको गण्डकी खाजा घरमा गोली चलेको हो । उनीहरुको साथबाट अटोमेटिक पेस्तोल र ५१ वटा गोल बरामद गरिएको छ ।घटनाको थप अनुसन्धान भइरहेको छ ।

पुरा पढ्नुहॊस »

बिर्तामोडमा पूर्ण रुपमा कर्फ्यु हट्यो

झापा ।   ११ वर्षीय बालक लक्ष्मण सिवाकोटीको  हत्याको विषयलाई लिएर झापाको बिर्तामोडमा स्थानिय तथा प्रहरीबिच झडप भए पछि शुक्रबार दिउँसो साँढे एक बजेदेखि अनिश्चितकालको लागि लगाईएको  कर्फ्यू  सोमबारबाट पूर्ण रुपमा हटेको छ । विर्तामोडमा  भएको झडपमा प्रहरीको गोली लागेर  १  प्रदशनकारीको मुत्यु भएको थियो भने अन्य केही घाइते भएका थिए ।

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ६४ औं शाखा हुम्लाको सर्केगाडमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६४ औं शाखा हुम्लाको सर्केगाडमा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले गरेका छन् । उक्त समारोहमा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु साथै नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो । यस बैंकको ६४ वटा शाखा, ६२ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवाप्रदान गर्दै आएको …

पुरा पढ्नुहॊस »