रश्मी

गायक रञ्जित लामाको आउन माया आउ बोलको गीतको भिडियो सार्वजनिक

काठमाडौं । लोकप्रिय गायक रञ्जित लामाको आउन माया आउ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । विगत पाँच वर्ष संगीत क्षेत्रमा सक्रिय गायक लामा देश तथा विदेशमा हुने सांगीतिक कार्यक्रमहरुमा आफ्नो गायन कला देखाइसकेका छन् । संगीतको औपचारिक शिक्षा लिएका लामा नेपाली पप संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । प्रारम्भ भाग ३ मा संग्रहित यस गीतमा सञ्जिव सिंहको शब्द संगीत रहेको छ भने सुदिप सिंहको …

पुरा पढ्नुहॊस »

लोकप्रियताको शिखर चढ्दै अभिनेत्री रजनी गुरुङ

 अभिनय क्षेत्रमा गुरुङ चलचित्रबाट प्रवेश गरेकी रजनी गुरुङ अहिले लोकप्रिय छन् । उनी आफ्नो अभिनय क्षमताबाट दर्शकको मन जित्न सफल भइन । उनी चलचित्र प्रर्दशनका लागि देश तथा विदेशमा सहभागी हुने अवसर पाइन । गुरुङ चलचित्रमा अभिनय गरेर चर्चामा रहेकी रजनीले नेपाली चलचित्रमा पनि अभिनय गरेकी छिन् । करिब दुई वर्ष अघि हास्य टेलिश्रृंखला मेरी बास्सैमा मंगलीको भूमिकामा अभिनय गरे पछि उनको चर्चा र लोकप्रियता बढ्यो । त्यसबाट रजनीले करोडौं …

पुरा पढ्नुहॊस »

महिला अधिकार मञ्चको दशौ परिषद् उद्घाटन

नवलपरासी । स्थानिय तहमा निवार्चित  महिलाजन प्रतिनिधीहरुको भुमिका महिला अधिकार सुनिश्चीताको लागि दरिलो आधार भएको भरतपुर महानगरपालीकाको उपमेयर पार्वती शाहठकुरीले बताइन । कार्यक्रमको प्रमुख अतिथी शाहले समानतामा आधारित समाज निमाण हुन अझै नसकेकोमा चिन्ता व्यक्त गद्रै समानताको लागि सबैवर्ग, समुदायक्षेत्र र लीगकाहरु एकजुट हुनुपर्ने बताइन । यस्तै गरी कार्यक्रमका विशिष्ठ अतिथी गैडाकोट नगरपालीकाकी उपमेयर विष्णु कण्डेल सापकोटाले महिला हिसांमा मदिराजन्य वस्तु कारकतत्व रहेको भन्दे महिला हिसां  न्युनिकरणका लािग मदिरा नियन्त्रणका अभियानहरु चलाउनु …

पुरा पढ्नुहॊस »

चलचित्र ‘बटरफ्लाई’को गीत सार्वजनिक

काठमाडौं ।।चलचित्र ‘बटरफ्लाई’को  गीत सार्वजनिक भएको छ । पौष २८ गतेबाट रिलिज हुने चलचित्रको यो गीतमा यूवराज चौलागाइको स्वर, विकास चौधरीको संगीत र सुरज लामिछानेको शब्द  रहेको छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोलाई सुरेश वज्रचार्यले खिचेका हुन् । चलचित्रमा आर्यन , प्रियंकाका ,अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रलाई ओम प्रतिकले निर्देशन गरेका छन् ।

पुरा पढ्नुहॊस »

प्रभु लाइफद्वारा बैदेशिक रोजगार (म्यादी) जीवन बीमाको शुरुवात

काठमाडौं। प्रभु लाइफ इन्स्योरन्स लिमिटेडले विदेश जाने कामदारहरुका लागि बैदेशिक रोजगार (म्यादी) जीवन बीमा योजनाको शुभारम्भ गरेको छ । बाफल स्थित यस कार्यालयको बैदेशिक रोजगार जीवन बीमा शाखाबाट बीमा गर्न सकिने छ । बिहीबार एक समारोहबीच प्रभु लाइफ इन्स्योरन्सका अध्यक्ष रामबहादुर पाण्डेले जीवन विमाको शुभारम्भ गरेका हुन् । । त्यस अवसरमा अध्यक्ष पाण्डेले प्रभु लाइफ इन्स्योरन्सले बैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि कम्पनी सदा तप्पर भै सेवा दिने जानकारी दिए । …

पुरा पढ्नुहॊस »

कोकाकोलाले ल्यायो फुच्चे प्याक,मूल्य ४० रुपैंया

काठमाडौं । देशको नेतृत्वदायी पेयपदार्थ उत्पादक कम्पनी कोका–कोला नेपालले आफ्ना उत्पादनहरु कोकाकोला, फ्यान्टा र स्प्राइटलाई सानो पेट बोतल (प्लाष्टिक बोतल)मा नेपाली बजारमा ल्याएको छ । नयाँ बोतल आगमन संगै कोका कोलाको पेट बोतल श्रेणीहरु थप भएका छन् र यसले उपभोक्ताहरुलाई थप विकल्प प्रदान गरेको छ । ग्राहकको बढ्दो मागलाई मध्येनजर र ध्यानमा राख्दै कम्पनीले ३०० एमएलको पेट बोतलमा आफ्ना उत्पादन बजारमा ल्याएको हो, जसको मूल्य रु ४० रुपैंया  तोकिएको छ । यो …

पुरा पढ्नुहॊस »

अलैँचीको मूल्य अब एसएमएसबाट

इलाम ।  अलैँचीको मूल्य अब मोबाइल एसएमएसमार्फत नै पाउन सकिने भएको छ । अलैँचीको मूल्य र गुणस्तरका बारेमा क्रियाशील रहेको नेपाल अलैँची व्यवसायी महासंघले अलैँचीको प्रचलित मूल्य थाहा पाउने व्यवस्था गरेको हो । उच्च मूल्य रहेर पनि बजार मूल्य थाहा नपाउँदा व्यापारी र बिचौलियाबाट ठगिएको गुनासो गर्ने गरेका किसानले अलैँचीको बजार मूल्य अब एसएमएसबाट नै थाहा पाउने भएका हुन् । मूल्य थाहा पाउन मोबाइलको म्यासेज बक्समा गई ifa ach btm लेखेर …

पुरा पढ्नुहॊस »

मेलिना राईको नयाँ गीत बजारमा

काठमाडौं ।  गायिका मेलिना राईले ’इन्द्रेणीको’ बोलको गीत बजारमा ल्याएकी छन् । उत्तम जंग लिम्बुको संगीत रहेको गीतमा दियालो सुशन माझीको  शब्द  रहेको   छ।भिडियोमा नायिका नीता ढुंगाना र मोडल निराज प्रधानलाई फिचरिङ गरिएको छ ।

पुरा पढ्नुहॊस »

आइएमएस मोटर्सले ल्यायो स्याङयोङ रेक्सटन गाडी

काठमाण्डौं । नेपालको लागि स्याङयोङ मोटर्सको आधिकारीक विक्रेता एवम् आईएमएस ग्रुप अन्तर्गतको, आईएमएस मोटर्सले नेपाली बजारमा नयाँ स्याङयोङ रेक्सटन गाडी भित्रयाएको छ । यो गाडी नेपालमा ६ स्पीड म्यानुअल र ७ स्पीड अटोमेटिक ट्रान्समीसन गरी दुई विकल्पका साथ प्रस्तुत गरेको छ । यसको मुल्य क्रमशः रु १ करोड ११ लाख ९९ हजार र १ करोड १९ लाख ९९ हजार रुपैयाँ रहेको छ । कोरीयाली एस यु भी रेक्सटन ३ वर्षको …

पुरा पढ्नुहॊस »

काठमाडौंमा मतगणना सुरु

काठमाडौं। काठमाडौंमा मतगणना सुरु भएको छ । क्षेत्र नम्बर १, २, ३, ४, ५, ६ र ९ को मतगणना सुरु भएको हो   । बाँकी क्षेत्रको  मतगणना केही बेरमा सुरु हुने  छ । राष्ट्रिय सभागृहमा काठमाडौँ क्षेत्र नम्बर १ र ४ को मतगणना सुरु गरिएको छ। काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह, वाम गठबन्धनका अनिल शर्मा र विवेकशील साझाका रवीन्द्र मिश्रलाई मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएको छ। काठमाडौं ४ मा कांग्रेसका गगन थापा र एमालेका राजन भट्टराई प्रतिस्पर्धामा …

पुरा पढ्नुहॊस »