काठमाडौं । नेपाल टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने अपरिरिचत नम्बरबाट फोन आएमा नउठाउन उपभोक्तालाई आग्रह गरेको छ ।
पछिल्लो समयमा ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने क्रम तीव्र भएपछि टेलिकमले त्यस्ता नम्बरको कल नउठाउन आग्रह गरेको हो ।
अपरिचित नम्बरबाट मोबाइल प्रयोगकर्तालाई चिठ्ठा परेको भन्दै ठगेकोले टेलिकमले ग्राहकलाई सचेत गराउन म्यासेज पठाएको हो । टेलिकमले अपरिचित कल नउठाउन भन्दै शंकास्पद फोन आएमा १८८ मा उजुरी गर्न आग्रह गरेको छ ।
तपाईंको प्रतिकृया




