रश्मी

कक्षा १२ को बिज्ञान संकायको नतिजा सार्वजनिक

काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख १० गतेदेखि सञ्चालन भएको कक्षा १२ को विज्ञान संकायको परीक्षा आज सार्वजनिक गरेको छ । परीक्षामा सहभागीमध्ये ७९.४४ प्रतिशत बिद्यार्थी उत्तिर्ण भएका छन् । भने आंशिकतर्फ सहभागी ९ हजार ४८९मध्ये ४ हजार १३७ बिद्यार्थी पास भएका छन् । परीक्षा बोर्डको अनुसार अन्य संकायको नतिजा पनि भदौ १५ गतेभित्रै  सार्वजनिक गर्ने जानकारी दिएको छ ।

पुरा पढ्नुहॊस »

अब बैंक सञ्चालक बन्न पनि स्तानकोत्तर उपाधि चाहिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाको प्रमुख कार्यकारी अधिकृत र संचालक बन्नका लागि योग्यता तोकेको छ। केन्द्रिय बैंकले तोकेको योग्यता अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको संचालक बन्न   स्तानकोत्तर उपाधि हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। व्यवस्थापन, बैकिङ, वित्तिय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेकोले सञ्चालक बन्न पाउने भएकाछन्।

पुरा पढ्नुहॊस »

अभिनेत्री केकी अधिकारी निर्मात्री बन्दै

काठमाडौं । अभिनेत्री केकी अधिकारी पनि निर्मात्री बन्ने भएकी छिन् । फिल्म ‘लभ शाशा’ मा कार्यकारी निर्मात्री बनिसकेकी केकी अधिकारी अब निर्मात्री भएर फिल्म बनाउन लागेकी छिन् । केकीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीको साथमा डार्क कमेडी फिल्म बनाउन लागेकी हुन् ।    केकी एक नेपाली  अभिनेत्री तथा व्यावसायिक मोडेल हुन् ।

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकद्वारा भुकम्प पिडितलाई नगद वितरण कार्यक्रम

काठमाण्डौं । विश्व खाद्य कार्यक्रम  (World Food Program) द्वारा संचालित Welt Hunger Hilfe को सहकार्यमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भुकम्पबाट अति प्रभावित धादिङ्ग जिल्लाको ग’म्दी, सल्यानकोट र मार्पाक गा.वि.स. मा श्रावण ६ देखि १३ गते सम्म आठ दिने नगद वितरण (Cash Camp) कार्यक्रमको आयोजना गरेको छ ।भुकम्प प्रभावित परिवारलाई लक्षित उक्त नगद वितरण (Cash Camp) कार्यक्रममा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडद्वारा २८७८ परिवारलाई आर्थिक सहयोग स्वरुप नगद वितरण गरी सो कार्यक्रम सफलता …

पुरा पढ्नुहॊस »

सनराइज बैंकले कमायो १ अर्ब १६ करोड

काठमाडौं । सनराइज बैंकले गत आर्थिक वर्ष २०७३/०७४ को एक वर्षमा १ अर्ब १६ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । यो बैकले गरेको नाफा अघिल्लो वर्ष २०७२/७३ वर्षको तुलनामा २२ दशमलव ८७ प्रतिशतले बढेको बैंकले जानकारी दिएको छ । यो नाफा गत वर्षको तुलनामा २१ करोड ७६ लाख रुपैयाँले बढेको हो । यो बैंकले गत वर्ष ९५ करोड १३ लाख रुपैयाँ कमाएको थियो । यो बैंकको गत असार …

पुरा पढ्नुहॊस »

धादिङको हुग्दीखोला पुलबाट ट्रक खस्दा २ जना गम्भीर घाइते

काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० स्थित हुग्दीखोला पुलबाट ट्रक खस्दा २ जना गम्भीर घाइते भएका छन । काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ४७३८ नम्बरको डिब्बा ट्रक जोगीमारास्थित हुग्दीखोला पुलबाट खसेर दुर्घटना भएको जोगीमारा प्रहरीले जानाएको छ । दुर्घटनामा ट्रकका चालक र सहचालक सिन्धुपाल्चोकका प्रकाश श्रेष्ठ र दिलीप सापकोटा तथा ट्याक्टरमा सवार धादिङका निरज चेपाङ घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ ।

पुरा पढ्नुहॊस »

वैदेशिक रोजगार कल्याणकारी कोषको शुल्क वृद्धि

काठमाडौं । सरकारले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम बढाउने निर्णय गरेको छ। यो निर्णयसँगै वैदेशिक रोजगारमा जाने कामदारले अब कल्याणकारी कोषमा थप रकम जम्मा गर्नुपर्ने हुन्छ। यसअघि एक हजार रुपैयाँ जम्मा गर्दै आएका कामदारले अब रोजगारीको अवधि हेरेर २५ सय रुपैयाँसम्म जम्मा गर्नुपर्ने छ।

पुरा पढ्नुहॊस »

टेलिकमले ल्यायो अफरै अफर, फोन उठाउँदा बोनस पाइने

नेपाल टेलिकमले जीएसएम/सीडीएमए तथा एडीएसएल/एफटीटीएच सेवाका ग्राहकहरुका लागि प्रमोसनल अफर ल्याएको छ।  टेलिकमले  विदेशबाट आएको कल उठाउदा पनि अब बोनस दिने जनाएको छ। यो अफर २०७४।०४।१६  देखि लागू  भई ९० दिनसम्म उपलब्ध गराइने टेलिकमले जनाएको छ। टेलिकमले  जीएसएम/सीडीएमए प्रिपेड र पोष्टपेडका ग्राहकले एक सातामा ७ मिनेट वा त्यो भन्दा बढी कल रिसिभ गर्दा नेपाल टेलिकमको नेटवर्क भित्र ७ मिनेट भ्वाइस कल गर्न र ७ वटा एसएमएस निःशुल्क पठाउन सक्ने छन्। …

पुरा पढ्नुहॊस »

त्रिशूलीमा ट्रक खस्दा चालक सहित चालक बेपत्ता

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकै बिहीबार बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार बा ४ ख ५१४६ नं को ट्रक त्रिशूली नदीमा खसेर हराइरहेको छ । बिहानी पम्पको मोडमा पुगेपछि सो ट्रक सडकबाट करिब ४० मिटर तल त्रिशूलीमा खसेको हो ।

पुरा पढ्नुहॊस »