आजदेखि मतदाता परिचयपत्र वितरण

काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणमा चुनाव हुने स्थानमा निर्वाचन आयोगले मतदाता परिचयपत्र  वितरणको काम   आजदेखि सुरु भएको छ ।

आउँदो आइतबार हुने चुनावका लागि आजदेखि सबै मतदान केन्द्रबाट परिचयपत्र वितरण गरिने निर्वाचन आयोगले जनाएको छ । मतदाता परिचयपत्र ८ र ९ गते दुई दिन वितरण हुनेछ ।

आयोगले दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रहरुको मतदाता परिचयपत्र भने १९ र २० गते वितरण हुने जनाएको छ । ३२ जिल्लामा मंसिर १० गते चुनाव हुँदैछ भने बाँकी जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदैछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री