ग्लोबल आइएई बैंक र GME कोरियाबीच सहकार्य

काठमाडौ । रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका बिदेशीहरुलाई लक्षित गरि ग्लोबल मनि एक्सप्रेस  (GME)   रेमिट्यान्स कम्पनि  बीच सहकार्य गरेको छ । छिटो छरितो र सहज रुपमा पैसा पठाउने माध्यमको रुपमा स्थापना गरिएको ग्लोबल मनि एक्सप्रेसको (GME) कोरियाका लागि नेपाली राजदुत महामहिम अर्जुन जंग बहादुर सिंहले संयुक्त रुपमा औपचारिक समुद्घाटन गरेका छन् ।

ग्लोबल आइएमई बैंकले सन् २०१३ देखि नै कोरियाबाट रेमिट्यान्स नेपालमा भित्र्याउदै आएको भए तापनि कोरियामा कोरियन सरकारको तर्फबाट प्राईभेट मनि टन्सफर कम्पनीलाई पहिलो पटक स्वीकृती दिई रेमिट्यान्सको कारोबार गर्ने ग्लोबल मनि एक्सप्रेस (GME)  पहिलो रेमिट्यान्स कम्पनी भएको छ ।

कोरियामा ग्लोबल मनि एक्सप्रेस (GME) को स्थापना संगै यसका शाखा तथा अनलाईनबाट सजिल्यै छिटो छरितो रुपमा नेपालमा पैसा पठाउन सकिने छ भने उक्त रकम ग्लोबल आइएमई बैंक लि. का नेपालमा रहेका सम्पूर्ण शाखाहरु तथा नेपालभर रहेका ७००० भन्दा बढि एजेन्टहरु मार्फत १० मिनेट भित्रमा प्राप्त गर्न सकिनेछ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस