रश्मी

आइएमई लाइफ इन्सुरेन्सको बाग्लुङ्गमा शाखा विस्तार

बाग्लुङ्ग । आइएमई लाइफ ईन्सुरेन्स कम्पनी लिमिटेडले  बाग्लुुङ्ग शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष  चिरञ्जीवी चापागार्ईंले गरेका छन् । उक्त अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल, आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, कम्पनीको संचालक समितिका अध्यक्ष डा. रामहरी अर्याल लगायत कम्पनीका पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो । शाखाको उद्घाटन कार्यक्रममा बीमा समितिका अध्यक्ष  चिरञ्जीबी चापागार्ईंले भर्खरै स्थापित कम्पनीले जीवन बीमाको माध्यमबाट रोजगारी बढाउन ठूलो …

पुरा पढ्नुहॊस »

प्रभु बैंकका दुई नयाँ शाखा विस्तार

काठमाडौं ।  प्रभु बैंकले शुक्रबार एकैदिनमा दुई शाखा संचालनमा ल्याएको छ । बैंकले कैलाली जिल्लाको बौनिया र पाँचथर जिल्लाको फिदिममा नयाँ शाखाहरु संचालनमा ल्याएको हो । बैंकको बौनिया शाखाको उद्घाटन नेपाल राष्ट बैंक धनगढी क्षेत्रका मुख्य व्यवस्थापक धनन्जय शर्माले गरेका छन्   त्यसै गरी  फिदिम शाखाको उद्घाटन फिदिम नगरपालिकाका नगरप्रमुख ओनाहाग नेम्वाङले गरेका छन् । शाखा उद्घाटन कार्यक्रममा स्थानीय कार्यालय प्रमुखहरु तथा व्यापारी एवं उद्योगीहरुको उपस्थिति रहेको थियो ।

पुरा पढ्नुहॊस »

झापाको विर्तामोडमा प्रहरीको गोली लागेर १ प्रर्दशनकारीको मृत्यु

झापा ।झापाको विर्तामोडमा  भएको झडपमा प्रहरीको गोली लागेर  १  प्रदशनकारीको मुत्यु भएको छ । मृत्यु हुने अर्जुनधारा–११ का नरेश थापा रहेको प्रहरीले जानकारी दिएको छ । विर्तामोड अहिले  तनावग्रस्त छ भने स्थायीय प्रशासनले लगाएको कफ्र्यु जारी छ । कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएकाहरुले प्रहरी चौकीमा तोडफोड तथा अगजनी गरेको प्रहरीले बताएको छ । स्थानीय अनियन्त्रित भएपछि बाध्य भएर गोली चलाउनु परेको प्रहरीले जानएको छ ।

पुरा पढ्नुहॊस »

चलचित्र ‘ऐश्वर्य’ले पहिलो दिन सुखद ब्यापार गर्न सफल

काठमाडौं ।    बिहिबार छठ पर्वको दिन  रिलिज भएको चलचित्र ‘ऐश्वर्य’ले पहिलो दिन सुखद ब्यापार गर्न सफल भएको छ । चलचित्रले पहिलो दिन ४८ लाख १६ हजार ६ सय ८२ रुपैयाँ बराबरको ग्रस कलेक्शन गरेको छ । चलचित्रमा नायक तथा निर्माता रमेश उप्रेती, नायिका केकी अधिकारी , दीपिका प्रसाईको मुख्य भमिका रहेको छ  । दर्शकले  चलचित्रको मेकिङ, कलाकारको अभिनयलाई सर्वाधिक धेरै  रुचाएका छन् ।

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकमा रोजगारीको अवसर

काठमाडौं ।   सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा रोजगारीको अवसर  खुलेको छ ।तर   बैंकले आवश्यक कर्मचारीको संख्या कति भने तोकेको छैन ।

पुरा पढ्नुहॊस »

छठ पूजामा राष्ट्रपति सहभागी हुने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज राजधानीको कमलपाेखरीमा आयोजना गरिएको छठ पूजा समारोहमा सहभागी हुने भएकी छन् । छठ पर्व समारोहमा सहभागी भएर राष्ट्रपति भण्डारीले साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने कार्यक्रम छ ।

पुरा पढ्नुहॊस »

असनलाई सवारीमुक्त क्षेत्र बनाइने

काठमाडौं । काठमाडौंको अत्यधिक व्यस्त रुपमा रहेका असन क्षेत्रलाई  पनि सवारीसाधन निषेधित क्षेत्र बनाउन लागिएको   छ ।महानगरीय ट्राफिक महाशाखा र त्यस क्षेत्रमा रहेका वडाका प्रतिनिधि तथा व्यवसायीको सहभागितामा असन क्षेत्रलाई  सवारीसाधन निषेधित क्षेत्र बनाउन लागिएको  हो । महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौँ महानगरपालिका र ठमेल क्षेत्रमा रहेका विभिन्न व्यवसायी संघ संस्थाको सक्रियतामा यही कात्तिक ५ गतेदेखि ठमेल क्षेत्रलाई सवारी साधनमुक्त क्षेत्र बनाउने अभियान शुरु गरिएको थियो । महाशाखाका प्रमुख सर्वेन्द्र खनालले ठमेल …

पुरा पढ्नुहॊस »

लोकदर्शन रेग्मी मुख्य सचिवमा नियुक्त

काठमाडाै । सरकारले मुख्यसचिवमा लोकदर्शन रेग्मीलाई नियुक्त गरेको छ । अाजकाे मन्त्रीपरिषद बैठकले गृह सचिव लोकदर्शन रेग्मीलाई मुख्य सचिवमा नियुक्त गरेको हो । अहिलेका मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री मंगलबारदेखि उमेरहदका कारण अवकाश पाउने भएपछि सरकारले वरीयतामा तेस्रो नम्बरमा रहेका गृहसचिव रेग्मीलाई मुख्यसचिव नियुक्त गरेको हो ।

पुरा पढ्नुहॊस »

झापामा डेंगूबाट एकको मृत्यु

झापा,  झापामा डेंगू रोगकोे संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।मृत्युहुनेमा बिर्तामोड नगरपालिका–४ बिर्ताबजारका ४० बर्षीय उमेश साह रहेका छन् । केही दिनदेखि ज्वरो आउने, जोर्नी दुख्ने लगायतका समस्याका कारण उनी स्वास्थ्य उपचारका लागि बिर्ता हेल्थ क्लिनिकमा आएका थिए । क्लिनिकमा उपचार सम्भव नभएपछि थप उपचारका लागि वी एण्ड सी अस्पतालमा पठाएको र अस्पताल लैजाँदै गर्दा उनको बाटैमै मृत्यु भएको बिर्ता हेल्थ क्लिनिकका सञ्चालक ब्रजेशकुमार मेहताले  बताए । डेंगू रोगको संक्रमण  दमक, …

पुरा पढ्नुहॊस »

दुवै चरणको मतदान सकिएपछि मात्र मतगणना

काठमाडौं ।आगामी मंसिरमा हुने दुई चरणको निर्वाचनमा पहिलो चरणको मतदान सकिए पनि दोस्रो चरणको मतदान सम्पन्न भएपछि मात्र पहिलो चरणको मतगणना सुरु हुनेछ ।  मंसिर १० मा ३१ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने तालिका छ । मंसिर  २१ मा थप ४६ जिल्लामा मतदान हुनेछ  ।

पुरा पढ्नुहॊस »