कोकाकोलाले ल्यायो फुच्चे प्याक,मूल्य ४० रुपैंया

काठमाडौं । देशको नेतृत्वदायी पेयपदार्थ उत्पादक कम्पनी कोका–कोला नेपालले आफ्ना उत्पादनहरु कोकाकोला, फ्यान्टा र स्प्राइटलाई सानो पेट बोतल (प्लाष्टिक बोतल)मा नेपाली बजारमा ल्याएको छ ।

नयाँ बोतल आगमन संगै कोका कोलाको पेट बोतल श्रेणीहरु थप भएका छन् र यसले उपभोक्ताहरुलाई थप विकल्प प्रदान गरेको छ । ग्राहकको बढ्दो मागलाई मध्येनजर र ध्यानमा राख्दै कम्पनीले ३०० एमएलको पेट बोतलमा आफ्ना उत्पादन बजारमा ल्याएको हो, जसको मूल्य रु ४० रुपैंया  तोकिएको छ । यो पेट बोतलमा सबैभन्दा सानो बोतल भएकाले यसलाई ‘फुच्चे प्याक’ भनिएको हो ।

नयाँ प्याकको सर्वजानिक गर्दै कोकाकोला नेपालका कन्ट्रि डाईरेक्टर अम्बुज सिंहले  भने, ‘हामीले बजारमा कोकाकोला, फ्यान्टा र स्पाईटलाई नयाँ सानो पेट बोतलमा ल्याउन पाएकोमा निकै खुसी छौं ।

ग्राहकको बढ्दो माग अनुसार हामीले सानो साइजको बोतल बजारमा ल्याएका हौँ । यो सानो प्याकसँगै हाम्रा ग्राहकलाई आफ्नो चाहना अनुसारको साइजमा पेयपदार्थ छनोट गर्न समेत सजिलो भएको छ । हामीलाई विस्वास छ, हाम्रा ग्राहकले यो फुच्चे प्याक मन पाराई यसको आन्नद लिनुहुने छ ।’

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

भिभोको भिभो भी-४० लाईट सार्वजनिक

काठमाडौं । भिभोले नयाँ स्मार्टफोन भिभो भी-४० लाईट सार्वजनिक गरेको छ । भी सिरिजकोे पछिल्लो …

प्रतिकृया दिनुहॊस