काठमाडौंमा मतगणना सुरु

काठमाडौं। काठमाडौंमा मतगणना सुरु भएको छ । क्षेत्र नम्बर १, २, ३, ४, ५, ६ र ९ को मतगणना सुरु भएको हो   । बाँकी क्षेत्रको  मतगणना केही बेरमा सुरु हुने  छ । राष्ट्रिय सभागृहमा काठमाडौँ क्षेत्र नम्बर १ र ४ को मतगणना सुरु गरिएको छ।

काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह, वाम गठबन्धनका अनिल शर्मा र विवेकशील साझाका रवीन्द्र मिश्रलाई मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएको छ।

काठमाडौं ४ मा कांग्रेसका गगन थापा र एमालेका राजन भट्टराई प्रतिस्पर्धामा छन्।

काठमाडौं २ मा एमाले नेता माधव नेपाल, कांग्रेसका दीपक कुइँकेल र विवेकशील साझा पार्टीका सुर्यराज आचार्य उम्मेदवार छन् ।

काठमाडौं ३ मा कांग्रेसकी अम्बिका बस्नेत र एमालेका कृष्ण राई छन्।

यसैगरी  काठमाडौं ५ मा एमालेका इश्वर पोखरेल, कांग्रेसका डा. प्रकाशशरण महत र साझा विवेकशील पार्टीका उज्जवल थापा उम्मेदवार छन् ।

काठमाडौं ६ मा कांग्रेसका भिमसेनदास प्रधान र माओवादीका झक्कु सुवेदीबीच प्रतिस्पर्धा हुने अनुमान छ ।

काठमाडौं  ७ मा एमालेका रामबिर मानन्धर र कांग्रेसको पनि समर्थनमा राप्रपाका विक्रमबहादुर थापा उम्मेदवार छन् ।

काठमाडौं ८ मा कांग्रेसका जिवनराम श्रेष्ठ र नविन्द्रराज जोशी क्षेत्रनम्बर ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ र कांग्रेसका ध्यानगोविन्द रञ्जित प्रतिस्पर्धामा छन् ।

यसैगरी काठमाडौं  क्षेत्रनम्बर १० मा कांग्रेसका राजन केसी र वाम गठबन्धनबाट माओवादीका हितमान शाक्य उम्मेदवार छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सन्दीपले पाए अमेरिकाको भिसा

काठमाडौँ  । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामछिानेले अमेरकिाको भिसा पाएका छन्। नेपालस्थति अमेरिकी …

प्रतिकृया दिनुहॊस