महिला अधिकार मञ्चको दशौ परिषद् उद्घाटन

नवलपरासी । स्थानिय तहमा निवार्चित  महिलाजन प्रतिनिधीहरुको भुमिका महिला अधिकार सुनिश्चीताको लागि दरिलो आधार भएको भरतपुर महानगरपालीकाको उपमेयर पार्वती शाहठकुरीले बताइन ।

कार्यक्रमको प्रमुख अतिथी शाहले समानतामा आधारित समाज निमाण हुन अझै नसकेकोमा चिन्ता व्यक्त गद्रै समानताको लागि सबैवर्ग, समुदायक्षेत्र र लीगकाहरु एकजुट हुनुपर्ने बताइन ।

यस्तै गरी कार्यक्रमका विशिष्ठ अतिथी गैडाकोट नगरपालीकाकी उपमेयर विष्णु कण्डेल सापकोटाले महिला हिसांमा मदिराजन्य वस्तु कारकतत्व रहेको भन्दे महिला हिसां  न्युनिकरणका लािग मदिरा नियन्त्रणका अभियानहरु चलाउनु पर्ने धारणा गरी धारण राखेका छन् ।

शुक्रवार देखि नवलपरासीको विजय विकास स्रोत केन्द्रमा शुरु भएको सो वार्षिक परिषद्को महिला अधिकार मञ्च , नेपाल ऐेतिहासीक यात्रा विषयक किताबको विमोचन गरि उद्घाट गरिएको थियो । कार्यक्रमका प्रमख अतिथी शाह ,विशिष्ठ अतिथी कण्डेल , कार्यक्रममा सहयोगी सस्था एक्सन एडका सदस्य विमल फुयाल र कार्यक्रमका अध्यक्ष विमला घिमीरे सयुक्त रुपमा विमोचन गर्दै कार्यक्रमको उद्घाटन गरिएको हो  ।

सो अवसरमा मञ्चमा आवद्ध रहेका स्थानिय निवार्चनमा निवार्चित जन प्रतिनिधीहरुलाई पनि दोषल्ला ओढाएर सम्मान गरिएको छ । मञ्चमा आवद्ध रहेका ३२ जना महिला गत स्थानिय निवार्चनमा निवाचित भएका छन् ।

मञ्चले कार्यक्रम उद्घाट गर्नु पुर्व स्थानिय संरचना बनावट पुरा गर , संरचनामा महिलाको उपस्थति वृद्धि गर , हाम्रो नारा हाम्रो भोट नविर्स वाचा ,दिन पाइन्न चोट लेखेका प्लेकाडहरु बोकी र्रयाली निकालीएको थियो ।

वि.स २०६५ सालमा स्थापना भएको मञ्च हाल ३२ जिल्लामा शाखाहरु गठन गरिएको छ  ।मञ्चमा नेपाल भरीका ४८ हजार ७ सय ६७ जना महिला आवद्ध रहेका छन् ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सन्दीपले पाए अमेरिकाको भिसा

काठमाडौँ  । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामछिानेले अमेरकिाको भिसा पाएका छन्। नेपालस्थति अमेरिकी …

प्रतिकृया दिनुहॊस