काठमाण्डौं । नेपालको लागि स्याङयोङ मोटर्सको आधिकारीक विक्रेता एवम् आईएमएस ग्रुप अन्तर्गतको, आईएमएस मोटर्सले नेपाली बजारमा नयाँ स्याङयोङ रेक्सटन गाडी भित्रयाएको छ ।
यो गाडी नेपालमा ६ स्पीड म्यानुअल र ७ स्पीड अटोमेटिक ट्रान्समीसन गरी दुई विकल्पका साथ प्रस्तुत गरेको छ । यसको मुल्य क्रमशः रु १ करोड ११ लाख ९९ हजार र १ करोड १९ लाख ९९ हजार रुपैयाँ रहेको छ । कोरीयाली एस यु भी रेक्सटन ३ वर्षको वारेन्टी, ६०००० केएमएस् सम्म उपलब्ध हुने कम्पनीले वताएकाे छ ।
नयाँ रेक्सटनको डीजाइनमा इ एक्स डी २२० डिजेल इन्जीन र मर्सिडीज बेन्न ७ स्पीड अटोमेटिक टूान्समिसनको प्रयोग भएको छ । जसले आरामदायी परिवर्तनको अनुभव दिदै गतिशील ड्राइभिङ सक्षम पार्न चाँडै प्रतिक्रिया दिन्छ ।
नयाँ रेक्सटनमा ९ वटा एअर व्याक रहेका छन् । क्वाड फ्रेम प्रयोग भएको छ भने साथै यो गाडी यात्रुहरुलाई आवस्यक सुरक्षा प्रदान गर्न तथा सडक अवस्थाको आवश्यकता, ईलेक्ट्रीक व्रेक फोर्स डिस्ट्रिव्युसन र एन्टी लक ब्रेक्स लगायतका सेवा उपलब्ध रहेको छ ।
यसका साथै गाडीमा सबैभन्दा ठूलो ८ इन्चको एचडी स्क्रीन, इन्फिनीटीको प्रिमियम १० स्पीकर सीस्टम, स्वचालित ढोका, सहज पहुँच भएको पूर्ण स्वचालित एयर कन्डिशन, पछाडि २२० भोल्टको इन्भर्टर र सामान राख्न र निकाल्न स्मार्ट टेलगेट रहेको जनाइएको छ ।
ब्लाक, ह्वाइटलगायत कलरमा उपलब्ध गाडी फिचर्सअनुसार १ करोड ११ लाख ९९ हजार र १ करोड १९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गरिएको कम्पनीले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहॊस