प्रभु लाइफद्वारा बैदेशिक रोजगार (म्यादी) जीवन बीमाको शुरुवात

काठमाडौं। प्रभु लाइफ इन्स्योरन्स लिमिटेडले विदेश जाने कामदारहरुका लागि बैदेशिक रोजगार (म्यादी) जीवन बीमा योजनाको शुभारम्भ गरेको छ । बाफल स्थित यस कार्यालयको बैदेशिक रोजगार जीवन बीमा शाखाबाट बीमा गर्न सकिने छ ।

बिहीबार एक समारोहबीच प्रभु लाइफ इन्स्योरन्सका अध्यक्ष रामबहादुर पाण्डेले जीवन विमाको शुभारम्भ गरेका हुन् । । त्यस अवसरमा अध्यक्ष पाण्डेले प्रभु लाइफ इन्स्योरन्सले बैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि कम्पनी सदा तप्पर भै सेवा दिने जानकारी दिए ।

कार्यक्रममा प्रभु बैंकका संचालक अम्बिका शर्मा तथा प्रभु लाइफका संचालक नरेश मल्लले समेत कम्पनीले यसैगरी ग्राहकमाझ आफ्नो पहिचान बनाउन प्रभु लाइफ इन्स्योरन्स सफल हुनेमा विश्वास व्यक्त गरे ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री