रश्मी

करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी।सुनसरी दुहबी नगरपालिका ९ का ५५ बर्षीय रुदन ऋषीदेबको करेन्ट लागेर मृत्यु भएको छ । आइतबार आफ्नै घरको कलमा मोटर जोड्ने क्रममा ऋषीदेबको करेन्ट लगेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं  ।सोमबार नेपाली बजारमा सुनको मूल्य ३  सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३  सय रुपैयाँले बढेर ८९ हजार ३०० रुपैयाँ कायम भएको हो । यस्तै, आज  चाँदीको मूल्य  तोलामा १० रुपैयाँ वृद्धि भएको महासंघले जनाएको छ ।  आज तोलामा १० रुपैयाँले वृद्धि हुँदै एक हजार १६० रुपैयाँ पुगेको हो ।

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकका ग्राहकलाई द एभरेष्ट होटेलमा विशेष छुट

काठमाडौं  ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक ग्राहकले द एभरेष्ट होटेलमा सेवासुविधा लिँदा विशेष छुट पाउने भएका छन्। सिटिजन्स बैंक र द एभरेष्ट होटेलबीच बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहकले द एभरेष्ट होटेलको सेवासुविधामा विशेष छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

पुरा पढ्नुहॊस »

भोलिदेखि अग्रिम टिकट बुकिङ खुल्ने, अनलाइनबाट पनि काट्न सकिने

काठमाडौं  |दसैँका लागि  भोलि असोज ११ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । बिहीबार गृह मन्त्रालय,  यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र यातायात व्यवसायीको बैठकले दसैँलक्षित अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । यो वर्ष कोरोना महामारीलाई ध्यानमा राख्दै अनलाइनबाट पनि टिकट बुकिङ गर्न सकिने व्यवस्था गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

पुरा पढ्नुहॊस »

थप ८३४ जनामा कोरोना संक्रमण पुष्टि,९ जनाको मृत्यु

काठमाडाै ।आइतबार  नेपालमा थप ८३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ८३४ जनामा संक्रमण पुष्टि भएको हो । आज थप  ९ जनाको मृत्यु भएको छ भने १२७९संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.९ प्रतिशत रहेका छन्  । आज १३ हजार ७३६नमुना   परीक्षण गरिएको थियो ।

पुरा पढ्नुहॊस »

कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ

बाँके।आफ्नै श्रीमती ३५ वर्षीया लक्ष्मी रुपा न्यौपानेलाई कुटपिट गरी हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-३ भगरीया बस्ने ३४ वर्षीय प्रकाश न्यौपानेलाई  प्रहरीले पक्राउ गरेको छ ।  प्रकाशले आफ्नै श्रीमती लक्ष्मीलाई कुटपिट गर्दा गम्भीर घाइते भएकी  मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको  थियो ।

पुरा पढ्नुहॊस »

आइतबार नेप्से परिसूचक ६१ अङ्कले घट्यो

काठमाडौं ।आइतबार  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ६१दशमलव २८ अङ्कले घटेको   छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार आइतबार  नेप्से ६१ दशमलव २८ अङ्कले घटेर  २ हजार ७ सय ५८  दशमलव ४७   बिन्दुमा  आइपुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १० दशमलव ८०  अङ्कले घटेर ५१९ दशमलव २७  बिन्दुमा आइपुगेको  छ । स्टकका  अनुसार  आज कुल २३३ कम्पनीका १ करोड ४४ लाख ९४ हजार २६०  कित्ता शेयर ६ अर्ब ५   करोड …

पुरा पढ्नुहॊस »

आगोले पोल्यो यसो गर्नुस्

काठमाडाैँ । आगोले पोलिरहेको छ भने तुरुन्तै कम्बलले छापेर घटनास्थलबाट बाहिर निस्कने/निकाल्ने र बाक्लो कपडाले छाप्ने। पोलेको अंग चिसो पानीमा डुबाएर राख्ने। पानी नभएको अबस्थामा नरम कपडाले छोप्न पनि सकिन्छ। पोल्नेवित्तिकै मानिसको शरीमा भएका औँठी, चुरा, माला, जुत्ता वा अन्य कसिला सामग्रीलाई शरीरबाट उतार्ने। नत्र पोलेको भाग सुन्निएर पछि निकाल्न अप्ठ्यारो हुन्छ। बिरामी खानसक्ने अबस्थामा भए प्रशस्त पानी वा अन्य झोलिलो पदार्थ सेवन गराउने। जलेको भागमा कुनै पनि प्रकारको लोसन, …

पुरा पढ्नुहॊस »

सानिमा बैंकको ‘दशैं धमाका’ योजना

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुको लागि ‘दशैं धमाका’ योजना सार्वजनिक गरेको छ । यस याेजनामा अनलाइन सपिङ्ग पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्नेछन् । यो योजना अन्तर्गत सानिमा बैंकको डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २ हजारसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २५ सय सम्मको छुट प्राप्त गर्न …

पुरा पढ्नुहॊस »

डिशहोम फाइबरनेट सेवा झापाको बिर्तामोडमा

काठमाडौं  । डिशहोम फाइबरनेट सेवा झापाको बिर्तामोडमा विस्तार भएको छ । बिर्तामोडमा डिशहोम फाइबरनेटको अधिकारिक बिक्रेताको उदघाटन क्षेत्र बिक्री प्रबन्धक बिपिन्द्र न्यौपानेले गरेका हुन् । झापाका अन्य स्थानहरूमा डीएच फाइबरनेट चाडै पुग्ने बिक्री अधिकारी प्रज्वल अधिकारीले बताएका छन्। डिशहोम फाइबरनेट नेपाली जनतामाझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२०मा डिशहोमले सुरु गरेको हो । काठमाडौँ, भक्तपुर, ललितपुर, बनेपा, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, …

पुरा पढ्नुहॊस »