काठमाडौं ।एनएमबि बैंकमा खाता नभएका ग्राहकले भिडियो केवाईसी (भीकेवाईसी), एक भिडियो कलमा आधारित प्रविधि मार्फत ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोबार गर्न सक्नेछन् । भीकेवाईसी मार्फत ग्राहकले अनलाईन खाताको शुरुदेखि अन्त्यसम्मको प्रक्रिया सबै डिजिटल रुपमानै सम्पन्न गर्न सक्नेछन् । यससँगै बैंकका अनुसार ग्राहकले एनएमबिमा भिडियो कल मार्फत नयाँ खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्दछन् । भीकेवाईसीको लागी ग्राहकले यो डिजिटल लिंक https://vcc.nmb.com.np मा क्लिक …
पुरा पढ्नुहॊस »थप १ हजार १५८जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाै ।मगलबार नेपालमा थप १ हजार १५८जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मगलबार १ हजार १५८ जनामा संक्रमण पुष्टि भएको हो । आज थप १२ जनाको मृत्यु भएको छ भने १३१८ संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.९ प्रतिशत रहेका छन् । आज १४ हजार ३ जनाको नमुना परीक्षण गरिएको थियो ।
पुरा पढ्नुहॊस »पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु
काठमाडौं ।बारामा पौडी खेल्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका-१ बस्ने ४३ वर्षीय भगवान काजी कार्कीको मृत्यु भएको हो । सिंचाईका लागि बनाईएको ड्याममा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ।
पुरा पढ्नुहॊस »कुमारी बैंकले घोषणा गर्यो लाभांश
काठमाडौं ।कुमारी बैंकले आफ्ना सेयरधनीहरूलाई नगद लाभांशसहित सेयर बोनस बाँड्ने घोषणा गरेको छ । बैंकको असोज ११ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको २.६७ प्रतिशत नगद लाभांश (कर प्रयोजन) सहित ८.६७ प्रतिशत बोनस सेयर बाँड्ने घोषणा गरेको हो । बैंकको हालको चुक्ता पुँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको …
पुरा पढ्नुहॊस »मंगलबार नेप्से परिसूचक ७० अङ्कले घट्यो
काठमाडौं ।सोमबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ७० दशमलव ०५ अङ्कले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार नेप्से ७० दशमलव ०५ अङ्कले घटेर २ हजार ६ सय १५ दशमलव ३६ बिन्दुमा आइपुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ११ दशमलव ४५ अङ्कले घटेर ४९४ दशमलव ८८ बिन्दुमा आइपुगेको छ । स्टकका अनुसार आज कुल २१८ कम्पनीका १ करोड ३० लाख ३४ हजार ८२८ कित्ता शेयर ५ …
पुरा पढ्नुहॊस »ब्राउन सुगर सहित दुई जना पक्राउ
झापा ।झापाको बिर्तामोड नगरपालिका १ पन्चकन्या प्लटिङबाट प्रहरीले लागूऔषध ब्राउन सुगर १४६ ग्राम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कन्काई नगरपालिका ९ का २६ बर्षीय टेकराज साह र २४ बर्षीय बिकाश मर्डी रहेका छन् । सोमबार बेलुका प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्युरो काकरभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले साहको साथबाट ०.५ मिलि ग्राम र मर्डिको साथबाट ४ ग्राम ५ मिलिग्राम ब्राउन सुगर …
पुरा पढ्नुहॊस »लुम्बिनी विकास बैंकका ग्राहकले कुटी रिसोर्टमा छुट पाउने
काठमाडौं । लुम्बिनी विकास बैंकले पोखराको लेकसाइडमा अवस्थित कुटी रिसोर्ट प्रालिमा आफ्ना ग्राहकलाई विभिन्न सेवा तथा सुविधाहरुमा छुट दिनका लागि सम्झौता गरेको छ। सम्झौतामा लुम्बिनी विकास बैंकका तर्फबाट मुख्य प्रबन्धक दिपक खनाल र कुटी रिसोर्टका तर्फबाट मेनेजिङ डाइरेक्टर देवेन्द्र केसीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्। सम्झौतामा अनुसार लुम्बिनी विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टका विभिन्न सेवा तथा सुविधामा २५% सम्म छुट प्रदान गर्नेछ। कुटी रिसोर्टको विभिन्न सेवा तथा सुविधाअन्तर्गत ग्राहकले खाना तथा …
पुरा पढ्नुहॊस »कृषि विकास बैंकको शाखा रतुवामाईमा
काठमाडौं । कृषि विकास बैंक लिमिटेडको मोरङको रतुवामाई नगरपालिकाको नयाँ बजारस्थित शाखाको उद्घाटन गरिएको छ। आफ्नै स्वामित्वको नवनिर्मित भवनको बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा निरौलाले कृषि क्षेत्रको विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए। उनले यस बैंकवाट सुनदेखि नुनसम्म, हलोदेखि हाइड्रोसम्म लगानी भइरहेको र हाल वित्तीय वजारमा उपलब्ध सम्पूर्ण अत्याधुनिक बैंकिङ सुविधाहरुको उपलब्धता रहेकोले सेवा लिन सबैलाई आग्रह गरे। कर्मचारीलाई पनि सेवाग्राहीले …
पुरा पढ्नुहॊस »मिनिसोको दसैं तिहार अफर, भाग्यमानी ग्राहकलाई हिराको हार
काठमाडौं । हरेक वर्षजस्तै यस वर्षपनि मिनिसोले दशैं तिहार विशेष अफर ल्याएको छ । कम्पनीले ‘मिनिसो दशैं तिहार, हिराको हार उपहार’ अफर ल्याएको हो । अफर अन्तर्गत १ हजार ५ सय ९९ सय रुपैयाँभन्दा माथिको सामान खरीद गर्दा ग्राहकले लक्की कुपन प्राप्त गर्नेछन् । लक्की कुपन प्राप्त ग्राहक मध्येबाट एकजना भाग्यशाली बिजेताले हिराको हार प्राप्त गर्नेछन् । उर्जा ज्वेलरले पुरस्कार स्पोन्सर गरेको कम्पनीले जनाएको छ । यो अफर नेपाल भर …
पुरा पढ्नुहॊस »बैंक अफ काठमाण्डूका ग्राहकले दराजमा शपिङ्ग गर्दा २० प्रतिशतसम्म छुट पाउने
काठमाडाैं । बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड ग्राहकहरुले दराजको दशैं धमाका योजनामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । दशैंलाई लक्षित गरी दराजले असोज १० गतेबाट संचालनमा ल्याएको दशैं धमाका योजनामा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशतसम्मको छुटको सुविधा उपयोग गर्नेसक्नेछन् । यस योजनाबाट आफुलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गरेका …
पुरा पढ्नुहॊस »