काठमाडौं |दसैँका लागि भोलि असोज ११ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।
बिहीबार गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र यातायात व्यवसायीको बैठकले दसैँलक्षित अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।
यो वर्ष कोरोना महामारीलाई ध्यानमा राख्दै अनलाइनबाट पनि टिकट बुकिङ गर्न सकिने व्यवस्था गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
प्रतिकृया दिनुहॊस