रश्मी

नबिल इक्विटी फन्ड र ब्यालेन्स्ड फन्ड–२ को प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं  ।नबिल ब्यालेन्स्ड फण्ड -२ र नबिल इक्विटी फण्डको लाभांश सुरक्षित गर्ने आज (असोज १० गते) अन्तिम दिन रहेको छ। यी दुबै योजनाहरुले लाभांश वितरण प्रयोजनार्थ असोज ११ गते बुकक्लोज गर्दै छन्। आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी दुबै योजनाले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्। नबिल ब्यालेन्स्ड फण्ड २ ले आफ्ना इकाईधनीहरुलाई ३५ प्रतिशत (कर सहित) र नबिल इक्विटी फण्ड (NEF) ले ४० प्रतिशत (कर सहित) नगद लाभांश …

पुरा पढ्नुहॊस »

मेगा बैंकको नयाँ शाखा दाङको लमहीमा

काठमाडौं  ।मेगा बैंक नेपालले दाङ जिल्लाको लमहीमा नयाँ शाखा विस्तार गरेको छ। लुम्बिनी प्रदेशअन्तर्गत दाङको लमही नगरपालिका वडा नम्बर- ५ मा बैंकले नयाँ शाखा विस्तार गरेको हो। योसँगै बैंकको शाखा संख्या २ सय पुगेको छ।

पुरा पढ्नुहॊस »

नबिल बैंक र गल्छी गाउँपालिकाबीच दिगो बैंकिङका लागि साझेदारी

काठमाडौं  ।नबिल बैंकले धादिङ जिल्लाको गल्छी गाउँपालिकामा वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी गरेको छ। गल्छी गाउँपालिकामा नबिल बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ र गाउँपालिकाका तर्फबाट अध्यक्ष कृष्णहरि श्रेष्ठले साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। उक्त साझेदारीमार्फत गाउँपालिकाहरुले स्थानीयस्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम तथा तालिम लिएर उद्यम गर्न चाहने उद्यमीलाई गाउँपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियमानुसार कर्जा उपलब्ध गराउने र …

पुरा पढ्नुहॊस »

थप १ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाै ।शुक्रबार नेपालमा थप १ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १ हजार ४७६जनामा  संक्रमण पुष्टि भएको हो । आज थप  ९ जनाको मृत्यु भएको छ भने १५५० संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.९ प्रतिशत रहेका छन्  । आज १५ हजार ६९०  नमुना   परीक्षण गरिएको थियो ।

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकको २१%सम्म क्यासब्याक र दैनिक उपहारको बहार

काठमाडौं  ।माछापुच्छ्रे बैंकले आफ्नो २१ औँ वार्षिकोत्सवका अवसरमा ग्राहकका लागि २१ प्रतिशतसम्म क्यास ब्याक र दैनिक उपहारको बहार ल्याएको छ। यो अफर आज असोज ८ गतेदेखि असोज १७ गते सम्मका लागि लागू रहने बैंकले जनाएको छ। यस योजनाअन्तर्गत ग्राहकले डेबिट वा क्रेडिट कार्डबाट पीओएस वा ई(कमर्स साइटमा कार्डबाट कम्तीमा ३ वटा कारोबार गरी दैनिक रु. २१० सम्म र अफर अवधिभर अधिकतम रु. २ हजार १०० सम्मको क्यास ब्याक पाउन सक्नेछन्। बैंकका …

पुरा पढ्नुहॊस »

कामना सेवाको ‘के.एस डिजी’ डिजिटल वालेट सेवा सुरुh

काठमाडौं । कामना सेवा विकास बैंकले छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा के.एस. डिजी (डिजिटल वालेट) सेवा संचालनमा ल्याएकाे छ । कामनाले याे सेवा डेभलमेन्ट बैंकहरुमा नै पहिलो पटक सञ्चालनमा ल्याएको हाे । उक्त वालेट सेवाको सुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले गरेका थिए । यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएकाहरुले पनि घरमै बसी झन्झटरहित तरिकाले मात्र केहि कागजातहरु अपलोड गरी केएस डिजि वालेट खोल्न सक्नेछन् । यस डिजिटल …

पुरा पढ्नुहॊस »

भारतमा थप ३१ हजार ३८२ नयाँ कोरोना सङ्क्रमित फेला

भारतमा कोरोनाभाइरसबाट थप ३१ हजार ३८२ जना नयाँ सङ्क्रमित फेला परेका छन् । योसँगै भारतमा अहिलेसम्म तीन करोड ३५ लाख ९४ हजार ८०३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ३२ हजार ५४२ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन। अहिलेसम्म कुल तीन करोड २८ लाख ४८ हजार २७३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कोरोनाका कारण भारतमा अहिलेसम्म चार लाख ४६ हजार ३६८ जनाको मृत्यु भएको छ । ती …

पुरा पढ्नुहॊस »

ब्राउन सुगर सहित ३ जना पक्राउ

झापा।झापाको छुट्टा छुट्टै स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका का २७ बर्षीय रोशन सुबेदी, २८ बर्षीय सुमन कार्की र भारत दार्जिलिङका २४ बर्षीय रतन सिंह रहेका छन् । प्रहरीले अर्जुनधारा नगरपालिका ११ बसपार्क स्थित रहेको एक होटलबाट रोशन सुबेदी र सुमन कार्कीलाई ब्राउन सुगर ६ ग्राम ७०० मिलि ग्राम सहित पक्राउ गरेको हो । त्यस्तै मेचीनगर नगरपालिका ६ स्थित …

पुरा पढ्नुहॊस »

पिकअपको ठक्करबाट एक जनाको मृत्यु

इलाम । इलाममा रोकीराखेको  पिकअप पछाडी सरेेर  किच्दा  एक जनाको मृत्यु भएकाे छ । माइजोगमाइ गाउपालिका – ५  सोयाङमा रोकी राखेको पिकअप गाडी सर्दा किचिरे सोही गाडीमा सवार एक जनाको मृत्यु भएको हाे । मृत्यु हुनेमा माइजोगमाइ गाउपालिका – ५ का  ५७ बर्षीय खिर बहादुर तामाङ रहेका छन् । इलाम सदरमुकामबाट  माइजोगमाइ गाउपालिका – ५  सोयाङतर्फ जाँदै गरेको मे १ च ६३४४ नम्बरको पिकअप गाडी रोकिएको बेला सोही गाडीमा सवार …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकद्वारा लाभांश प्रस्ताव

काठमाडौं  ।कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०७७/७८का लागि लाभांश प्रस्ताव गरेको छ। बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १९.४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १८.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांश समेत गरी १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा …

पुरा पढ्नुहॊस »