सानिमा बैंकको ‘दशैं धमाका’ योजना

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुको लागि ‘दशैं धमाका’ योजना सार्वजनिक गरेको छ ।

यस याेजनामा अनलाइन सपिङ्ग पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्नेछन् ।

यो योजना अन्तर्गत सानिमा बैंकको डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २ हजारसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २५ सय सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नुहुनेछ ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई फर्स्ट कम फर्स्ट सर्भको आधारमा छुट प्रदान गरिने छ ।

यो योजना यही असाेज १० गतेदेखि असाेज १८ गतेसम्म ९ दिनका लागि लागू हुनेछ ।

सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा लिंदा ५सय क्यासब्याक पनि प्रदान गर्दै आएको छ ।

यो योजना आश्विन १ देखि कात्तिक ३० गतेसम्म लागू हुनेछ ।

सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेबसाइट लगइन गरी आवेदन दिन सकिन्छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एनआईसी एसिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

काठमाडौँ । एनआईसी एसिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा कार्यालय पर्सा जिल्लास्थित …

प्रतिकृया दिनुहॊस