काठमाडौं । डिशहोम फाइबरनेट सेवा झापाको बिर्तामोडमा विस्तार भएको छ ।
बिर्तामोडमा डिशहोम फाइबरनेटको अधिकारिक बिक्रेताको उदघाटन क्षेत्र बिक्री प्रबन्धक बिपिन्द्र न्यौपानेले गरेका हुन् ।
झापाका अन्य स्थानहरूमा डीएच फाइबरनेट चाडै पुग्ने बिक्री अधिकारी प्रज्वल अधिकारीले बताएका छन्।
डिशहोम फाइबरनेट नेपाली जनतामाझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२०मा डिशहोमले सुरु गरेको हो ।
काठमाडौँ, भक्तपुर, ललितपुर, बनेपा, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपूर र बिराटनगर मा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ ।
अब छिटै नेपालका प्रमुख शहर लगायत अन्य स्थानमा पनि फाइबरनेटको सेवा पुग्ने कम्पनीले जनाएको छ।
प्रतिकृया दिनुहॊस