भारतबाट धान लिएर आएको कन्टेनरलाई सर्लाही भन्सार कार्यालय मलङ्गवामा जाँच गर्ने क्रममा २०० बोरा चिनी बरामद भएको छ। भारतको पटनाबाट धान भनेर ल्याइएका दुई कन्टेनरबाट २०० बोरामा राखिएको १० हजार किलो चिनी बरामद भएको भन्सार कार्यालयका प्रमुख मुरारीप्रसाद काफ्ले जानकारी दिए। कन्टेनरको अगाडिको भागमा धान राखेर भित्रपट्टी चिनी राखिएको अवस्थामा फेला परेको उनले जानकारी दिए। कन्टेनरबाट बरामद भएको २० क्विन्टल धान र चिनी जफत गरिएको छ भने कन्टेनरलाई नियन्त्रणमा राखेर …
पुरा पढ्नुहॊस »०७४ सालकाे चुनावी हैसियत हेरेर गठबन्धनमा सिट बाँडफाँट गरिन्छ : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट गरिने बताएका छन्। समाजवादी प्रेस सङ्गठनले आज कुश्मामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले नजिकिँदै गएको स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने विषयमा दुविधा नभएको जनाउँदै २०७४ सालको स्थानीय तह निर्वाचनले कुन दलको हैसियत कति छ भन्ने देखाएकाले गठबन्धनमा पनि सोहीअनुसार सहमति हुने बताए। एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको अवस्था के छ …
पुरा पढ्नुहॊस »घरायसी विवाद हुँदा श्रीमतीको हत्या
उदयपुरको कटारी नगरपालिका-५ बर्मजियामा एक महिलाकाे हत्या भएको छ। सोमबार बिहान शौचालय बसिरहेकी ३७ वर्षीया नानु खनालको उनकै श्रीमानले हत्या गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएकाे छ। घरायसी विवादका कारण पोष्टराज दाहालले शौचालय बसिरहेकै स्थानमा दाउराले हिर्काएर हत्या गरेको प्रहरीको भनाइ छ। बिहान करिब साढे ४ बजेतिर शौचालय गएकी खनालको घरको आँगनमा रहेको दाउराले हिर्काउँदा उनको घटनास्थलमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। प्रहरीले घटनास्थलकाे प्रकृति मुचुल्का …
पुरा पढ्नुहॊस »चुनावी तालमेलको मोडालिटी भोलि तय गर्ने सत्तारुढ गठबन्धनकाे तयारी
सत्तारूढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा सहकार्य र एक अर्कालाई सहयोग गर्दै अघि बढ्ने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा साेमबार बसेको गठबन्धनको बैठकले आपसी मतभेद पन्छ्याउँदै चुनावमा एक अर्कालाई सहयोग गर्दै अघि बढ्ने निर्णय गरेको हो। गठबन्धन बैठकमा चुनावी तालमेलको मोडालिटीबारे छलफल भएको थियो। तर, निष्कर्षमा भने पुग्न सकेन। बैठकमा आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा दलहरूबीचको तालमेल कसरी गर्ने ? कुन आधारमा गर्ने ? भन्नेबारे …
पुरा पढ्नुहॊस »भक्तपुरको विस्का जात्रामा २० जना बढी घाइते
भक्तपुरको विस्का जात्राका क्रममा २० जनाभन्दा वढी घाइते भएका छन्। गए राति भैरबनाथको रथ तान्ने क्रममा झै-झगडा हुँदा घाइते भएका हुन्। जात्राको क्रममा राति पौने नौ बजेबाट ढुंगामुढासमेत भएको थियो। ढुंगामुढापछि २० जनाभन्दा बढी घाइते अस्पतालमा उपचारमा आएको, सामान्यदेखि टाँका लगाउनुपर्नेसम्मका घाइते भएको अस्पतालले जनाएको छ। ६ जना टाँका लगाउनु पर्ने विरामी आएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार एक जनाको भने हड्डी नै भाँचिएको छ। जात्राको क्रममा सयौं युवाहरु डोरीको …
पुरा पढ्नुहॊस »कांग्रेसकाे निर्देशन, ‘उम्मेदवारी सिफारिस गर्दा कुनै पनि रकम नलिनु’
नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका विभिन्न पदका लागि उम्मेदवारको सिफारिस गर्दा पार्टीको विधानबमोजिम बाहेक अन्य कुनै पनि रकम नलिन निर्देशन जारी गरेको छ। कांग्रेसले आइतबार सबै जिल्ला कार्यसमितिलाई एक सर्कुलर जारी गर्दै विधानबमोजिम पार्टीको क्रियाशील सदस्यता, लाभको पदमा रहेको पार्टी सदस्यले पार्टीलाई बुझाउनु पर्ने सदस्यता शुल्क तथा सहयोग रकम (लेवी) बाहेक अन्य कुनै पनि रकम लिन/उठाउन नमिल्ने व्यवस्था रहेको स्पष्ट पारेको छ। सो व्यवस्था विपरीत केही जिल्लाअन्तर्गत मातहतका पार्टी निकायबाट …
पुरा पढ्नुहॊस »नेपाल-भारत साहित्य महोत्सव बैशाख १६ गतेदेखि हुने
नेपाल-भारत साहित्य यात्राको दोस्रो संस्करणको रुपमा त्रिदिवसीय नेपाल-भारत साहित्य महोत्सव २०२२ काठमाडौंमा ०७९ बैशाख १६-१८ मा हुने भएको छ। महोत्सवका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्व र मेरठ लिटरेरी फेस्टिबलका अध्यक्ष डा. विजय पण्डितसहितको उपस्थितिमा आज काठमाडौंमा भएको बैठकले उक्त निर्णय गरेको हो । काठमाडौंमा गत फेब्रुअरी २६-२८, २०२२ मा आयोजना गर्ने भनिएको त्रिदीवसीय नेपाल-भारत साहित्य महोत्सव ओमिक्रोन महामारीको कारण स्थगित गरिएको थियो। आजको बैठकमा साहित्यकारहरु प्रमोद प्रधान, मुरारी सिग्देल, अस्मिता …
पुरा पढ्नुहॊस »आइएमई पे र दराजबीच सम्झौता, नव वर्ष ०७९ अभियान सुरु
आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पेले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । आइएमई पे सेवाग्राहीले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा १०% सम्म छुट प्राप्त गर्न सक्ने ब्यवस्था मिलाइएको छ। उक्त सम्झौतापत्रमा आइएमई पे का तर्फबाट सहायक महाप्रवन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट भुक्तानी प्र्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरेका हुन् । आइएमई पे …
पुरा पढ्नुहॊस »अल्फा अटोमोटिभका कार्यकारी निर्देशक प्रमोद श्रेष्ठ सम्मानित
विश्वको एक मात्र पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता त्रिवेणी समूह अन्तर्गतको अल्फा अटोमोटिभ प्रा. ली. ले नेपाल भर बिक्री अनुमति पाएको छ l कम्पनीले आफ्नो बिक्री, सर्भिस एवं सन्जाल विस्तार कार्य सुरु गरिरहेको छ l प्रमोद श्रेष्ठ, जो गुफीको नामबाट प्रख्यात छन्, उनलाई कम्पनीका कार्यकारी निर्देशक हर्ष संघाइद्वारा सम्मान गरिएको छ l प्रमोद श्रेष्ठ रोयल इनफिल्डको अनुभवी र एकमात्र सबैभन्दा खारिएका राइडर हुन् l उत्साही, साहसिक …
पुरा पढ्नुहॊस »सरकारले पेट्रोलियम पदार्थको वैज्ञानिक व्यवस्थापन गर्ने
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायत समस्याको वैज्ञानिक समाधान खोजिने बताएका छन्। मन्त्री निवास पुल्चोकमा पेट्रोलियम पदार्थको क्षेत्रमा कार्यरत विभिन्न सङ्घ सङ्गठनका प्रतिनिधिहरूसँग छलफल गर्दै मन्त्री बडूले यस्ताे बताएका हुन्। विश्वभर पेट्रोलियम पदार्थको क्षेत्रमा देखिएको सङ्कटको असर नेपालमा समेत परेको भन्दै मन्त्री बडूले वैज्ञानिक व्यवस्थापनका लागि सरकारले काम गरिरहेको बताए। पट्रोलियम तथा ढुवानी व्यवसायीको मागका सम्बन्धमा सरकार …
पुरा पढ्नुहॊस »