अल्फा अटोमोटिभका कार्यकारी निर्देशक प्रमोद श्रेष्ठ सम्मानित

विश्वको एक मात्र पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता त्रिवेणी समूह अन्तर्गतको अल्फा अटोमोटिभ प्रा. ली. ले नेपाल भर बिक्री अनुमति पाएको छ l कम्पनीले आफ्नो बिक्री, सर्भिस एवं सन्जाल विस्तार कार्य सुरु गरिरहेको छ l

प्रमोद श्रेष्ठ, जो गुफीको नामबाट प्रख्यात छन्, उनलाई कम्पनीका कार्यकारी निर्देशक हर्ष संघाइद्वारा सम्मान गरिएको छ l प्रमोद श्रेष्ठ रोयल इनफिल्डको अनुभवी र एकमात्र सबैभन्दा खारिएका राइडर हुन् l उत्साही, साहसिक यात्रा गर्न रुचि राख्ने प्रमोद श्रेष्ठले रोयल इनफिल्ड मोटरसाइकलबाट म्यानमार, तिब्बत, भुटान र इंडियाको सफल यात्रा गरेका छन् l सन् १९९५ मा २२ घण्टा २८ मिनेटको समयाबिधिमा रोयल इन्फिल्ड ३५० सि.सि. बाट पूर्व-पश्चिम राजमार्ग (मेची – महाकाली) चलाएर यात्रा गरी क्रीतिमानसमेत कायम गरेका छन् ।

बिभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहेका प्रमोद श्रेष्ठद्वारा यही अप्रिल २०२२ मा हुन गइरहेको सगरमाथा आरोहण “८८४८ बालिकालाई बालबिबाहविरुद्ध शिक्षा (Teach 8848 Girls Against Child Marriage)” अभियानलाई सफल बनाउनका लागि अल्फा अटोमोटिभ प्रा. ली. ले त्रिवेणी ग्रुपको कार्यलयमा एक कार्यक्रम आयोजना गरेर रु. ५००,०००/- (रु. पाच लाख) को चेक हस्तानतरण गरेको छ । साथै उक्त कार्यक्रममा रोयल इनफिल्डको झण्डासमेत सगरमाथाको शिखरमा पुर्याउनका लागि हर्ष संघाइबाट हस्तान्तरण भयो l

उनको सफल आरोहणका लागि अल्फा अटोमोटिभ प्रा. ली. हृदयदेखि शुभकामना दिएकाे छ ।

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

लिट्मस इन्डस्ट्रिज र अवसर इक्विटी डाइभर्सिफाइड फण्डबीच लगानी सम्झौता

काठमाडौं । नेपालमा विद्युतीयतार, केबल तथा कन्डक्टरको उत्पादक लिट्मस इन्डस्ट्रिज र नेपालको पहिलो घरेलु निजी …

प्रतिकृया दिनुहॊस