भक्तपुरको विस्का जात्रामा २० जना बढी घाइते

भक्तपुरको विस्का जात्राका क्रममा २० जनाभन्दा वढी घाइते भएका छन्।

गए राति भैरबनाथको रथ तान्ने क्रममा झै-झगडा हुँदा घाइते भएका हुन्। जात्राको क्रममा राति पौने नौ बजेबाट ढुंगामुढासमेत भएको थियो।

ढुंगामुढापछि २० जनाभन्दा बढी घाइते अस्पतालमा उपचारमा आएको, सामान्यदेखि टाँका लगाउनुपर्नेसम्मका घाइते भएको अस्पतालले जनाएको छ। ६ जना टाँका लगाउनु पर्ने विरामी आएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार एक जनाको भने हड्डी नै भाँचिएको छ।

जात्राको क्रममा सयौं युवाहरु डोरीको सहायताले जोडतोडका साथ तान्ने गर्दछ। यो क्रममा राति झै-झगडा हुने गर्दछ। यहाँ विस्का जात्रा बैशाख ५ गतेसम्म चल्नेछ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस