प्रदिप नेपाल

एनआईसी एशिया बैंकको नयाँ वर्ष योजनाः डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट

नयाँ वर्ष २०७९ ले सम्पूर्ण ग्राहकहरूमा नयाँ आशा, भरोसा एवं उमंग प्रदान गरोस् भन्ने शुभेच्छाका साथ एनआईसी एशिया बैंकले विभिन्न ई–कमर्शहरूबाट सामग्रीहरू किनमेल गरी डेबिट तथा क्रेडिट कार्ड मार्फत डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्मको आकर्षक छुट योजना सार्वजनिक गरेको छ । यस आकर्षक योजना अन्तर्गत Daraz बाट चैत्र २८ देखि २०७९ वैशाख ७ सम्म, Sastodeal बाट चैत्र २९ देखि २०७९ वैशाख ३ सम्म र Gyapu बाट चैत्र २५ देखि २०७९ …

पुरा पढ्नुहॊस »

प्रेस काउन्सिलले सञ्चार माध्यममा निर्वाचन आचारसंहिताको अनुगमन गर्ने

प्रेस काउन्सिलले सञ्चार माध्यमहरूमा निर्वाचन आचारसंहिताको पूर्ण पालना भए नभएकोबारे अनुगमन गर्ने भएको छ। आचारसंहिताको पूर्ण पालना भए नभएकोबारे अनुगमन गर्न प्रेस काउन्सिल र निर्वाचन आयोगबीच आइतबार सम्झौता भएको हो। सम्झौता अनुसार काउन्सिलले छापा, विद्युतीय र अनलाइन सञ्चार माध्यममा आउने समाचारहरूले निर्वाचन आचारसंहिता उल्लंघन भए नभएको अनुगमन गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

पुरा पढ्नुहॊस »

देशमा विदेशी मुद्राको सञ्चिति कति छ ?

अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्राको सञ्चिति करिब सात महिनाका लागि पर्याप्त रहेको बताएका छन् । अर्थ मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले मुद्राको सञ्चिति करिब सात महिनाका लागि प्रयाप्त रहेको बताएका हुन्। असार मसान्त २०७८ सम्म १३९९ अर्ब ३ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति १६.२ प्रतिशतले कम भई फागुन मसान्त २०७८ सम्म ११७१ रुपैयाँ कायम भएको बताइएको छ ।  

पुरा पढ्नुहॊस »

एनएमबि बैंकद्वारा प्राक्टिकल एक्शन परियोजनाको सहयोगमा ५२ हजार थान चुल्हो वितरण

एनएमबि बैंक लिमिटेडले प्राक्टिकल एक्शन दक्षिण एशिया क्षेत्रिय कार्यालय काठमाडौंको रिजल्ट वेस फाइनान्सिङ परियोजना अन्तर्गत परियोजनाको सहयोगमा हालसम्म ५२ हजार चुल्हो बितरण गरेको छ । बैंकले प्राक्टिकल एक्शनसँग मिलेर उक्त परियोजनाको लागि कोष ब्यवस्थापकको रुपमा काम गरेको थियो । परियोजना अन्तर्गत नेपालमा सुधारिएको चुल्हो वितरण गरेर ग्रामिण भेगका जनताहरुको जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ प्राक्टिकल एक्शन परियोजनासँग बैंकले सहकार्य गरेर नुवाकोट, धादिङ्ग, गोर्खा, रसुवा, चितवन, मकवानपुर, पर्वत, म्याग्दी, बाग्लुङ्ग, अर्घाखाँची, …

पुरा पढ्नुहॊस »

स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआइबिएल एस क्यापिटलको सहभागिता

वीरगञ्जमा सम्पन्न भएको स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआइबिएल एस क्यापिटलले पनि सहभागिता जनाएको छ । संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले उक्त कार्यक्रममा पनि सहभागीहरुलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउँदै सो सेवामार्फत् नविनतम् योजना र सोचहरुलाई व्यवसायिक पूर्णता दिने उद्देश्य राखेको बताएको छ । चैत्र १८ बाट लिभिङ विथ आइसीटीले सातै प्रदेशमा ईबीमाको मुख्य प्रायोजनमा स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ आयोजना आरम्भ गरेको थियो …

पुरा पढ्नुहॊस »

२७औँ ‘क्यान इन्फोटेक’ वैशाख ७ गतेदेखि हुने

सूचना प्रविधिसम्बन्धी अध्ययन एवं कार्य गरिरहेका विद्यार्थीको क्षमता विकास गर्ने उद्देश्यले आयोजित २७औँ ‘क्यान इन्फोटेक’ प्रदर्शनी आगामी वैशाख ७ गतेदेखि सुरु हुने भएको छ। क्यान महासङ्घद्वारा आयोजना हुने प्रदर्शनी काठमाडौँको भृकुटी मण्डपमा वैशाख १२ गतेसम्म सञ्चालन हुनेछ। प्रदर्शनीमा व्यवसायीहरुले व्यापार विस्तारका साथै नयाँ नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधि र उपकरणको अवलोकन तथा खरिद …

पुरा पढ्नुहॊस »

व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन भएन : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ साल यता व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा कुनै परिवर्तन नभएको बताएका छन्। राप्रपा जिल्ला कार्यसमिति बाराद्वारा आयोजित बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकमा जताततै भ्रष्टाचार, बेरोजगारी, अशिक्षाले जरो गाडिसकेको हुँदा त्यसलाई परिवर्तन गर्नका लागि अब ठीक पार्टी एवं ठीक नेतालाई मत हाल्न सबैलाई अपिलसमेत गरे। अर्थतन्त्रले मुलुक टाट पल्टने अवस्थामा रहे पनि भ्रष्ट नेता र कालोबजारी गर्नेहरु …

पुरा पढ्नुहॊस »

आज २२ जनामा काेराेना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार १४४ नमूना परीक्षण गर्दा २२ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो। सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा ४६ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५६८ जना सक्रिय संक्रमित रहेका छन् । एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या १५ हजार ३५५ रहेको छ।

पुरा पढ्नुहॊस »

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। चैत ३० गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरि बैठक डाकिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनको घोषणापत्रबारे छलफल गर्न कांग्रेसले बैठक बोलाएको जानकारी दिएको छ। बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरुलाई उपस्थितिका लागि कांग्रेसले निर्देशनसमेत दिएको छ।

पुरा पढ्नुहॊस »

शेयर बजार: ४४ दशमलव ६४ अंकले घट्यो नेप्से

सोमबार (आज) शेयर बजारमा उच्च अंकको गिरावट भएको छ । साताको अन्तिम दिन ३५ दशमलव ६६ अंकले बढेको बजारमा आज उच्च अंकको गिरावट आएको हो। आज ४४ दशमलव ६४ अंकले घटेर २ हजार ४१९ दशमलव ७१ विन्दुमा झरेको हो । सोमबार २३३ वटा धितोपत्रको ५० लाख ९५ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट २ अर्ब २६ करोड ७ लाख ८६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल …

पुरा पढ्नुहॊस »