सरकारले पेट्रोलियम पदार्थको वैज्ञानिक व्यवस्थापन गर्ने

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायत समस्याको वैज्ञानिक समाधान खोजिने बताएका छन्। मन्त्री निवास पुल्चोकमा पेट्रोलियम पदार्थको क्षेत्रमा कार्यरत विभिन्न सङ्घ सङ्गठनका प्रतिनिधिहरूसँग छलफल गर्दै मन्त्री बडूले यस्ताे बताएका हुन्।

विश्वभर पेट्रोलियम पदार्थको क्षेत्रमा देखिएको सङ्कटको असर नेपालमा समेत परेको भन्दै मन्त्री बडूले वैज्ञानिक व्यवस्थापनका लागि सरकारले काम गरिरहेको बताए। पट्रोलियम तथा ढुवानी व्यवसायीको मागका सम्बन्धमा सरकार सकारात्मक भएको भन्दै उनले पछिल्लो समय पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधान हुनेमा उपभोक्तालाई आश्वस्त पार्नुपर्ने बताए।

नेपाल एलपी ग्यास उद्योग सङ्घ, नेपाल पेट्रोलियम ढुवानी महासङ्घ र पेट्रोलियम पदार्थ डिलर्स एसोसिएशनका प्रतिनिधिहरूले पछिल्लो समय देखिएका समस्या र समस्या समाधानका लागि मन्त्रीलाई संयुक्तरूपमा ध्यानाकर्षण गराएका थिए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

लिट्मस इन्डस्ट्रिज र अवसर इक्विटी डाइभर्सिफाइड फण्डबीच लगानी सम्झौता

काठमाडौं । नेपालमा विद्युतीयतार, केबल तथा कन्डक्टरको उत्पादक लिट्मस इन्डस्ट्रिज र नेपालको पहिलो घरेलु निजी …

प्रतिकृया दिनुहॊस