प्रदिप नेपाल

मुक्तिनाथ विकास बैंक र दराज प्रा.लिबीच सम्झौता

मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन दराज प्रा.लिसँग एक कार्यक्रमबीच सम्झौता गरेको छ । बैंकले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा आफ्ना ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भिषा डेविट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १०% सम्म छुट प्राप्त गर्न सक्नेछन् । उक्त कार्यक्रममा बैंकका तर्फबाट, प्रमुख–डिजिटल बैंकिङ्ग …

पुरा पढ्नुहॊस »

आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सम्मानित

नेपाल व्यवस्थापन संघद्वारा चैत्र २६ गते होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलाई Outstanding Management Award 2022 बाट सम्मानित गरेको छ । उक्त कार्यक्रममा सहभागी भई कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपाल व्यवस्थापन संघलाई उक्त अवसरमा धन्यवाद दिँदै कम्पनीको उपलब्धिमा आआफ्नो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान …

पुरा पढ्नुहॊस »

गठबन्धन बैठक : नेतृत्व बाँडफाँट र उम्मेदवारको टुंगो लगाउन निर्देशन

सत्ता गठबन्धनका दलहरुको बैठकले स्थानीय तह निर्वाचनका लागि गठबन्धन र उम्मेदवारको टुंगो लगाउन निर्देशन दिएको छ। आज बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले यस्तो निर्देशन दिएको हो। नेतृत्व बाँडफाँट गरेर केन्द्रमा पठाउन जिल्ला संयन्त्रलाई निर्देशन दिएको हो। गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन्।

पुरा पढ्नुहॊस »

स्मार्ट च्वाईस टेक्नोलोजिज र स्माटकार्ड नेपालबीच सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) र स्मार्टकार्ड नेपालवीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ । काठमाडौँमा सोमबार आयोजित विशेष कार्यक्रमकावीच स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र स्माटकार्ड नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले स्मार्ट क्यूआर सेवा सञ्चालन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात माई पे वालेट प्रयोगकर्ताले …

पुरा पढ्नुहॊस »

शेयर बजारः ३४ अंकले घट्याे नेप्से

मंगलबार (आज) पनि शेयर बजारमा उच्च अंकको गिरावट भएको छ। साताको दोस्रो कारोबार दिन सोमबार ४४ दशमलव ६४ अंकले घटेको बजार आज पनि ३४ दशमलव ७८ अंकले गिरावट आएर २ हजार ३८५ दशमलव शून्य २ विन्दुमा झरेको हो । मंगलबार २२७ वटा धितोपत्रको ३७ लाख ८३ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक …

पुरा पढ्नुहॊस »

अष्ट्रियाका राजदूत र ऊर्जामन्त्री भुसालबीच शिष्टाचार भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रियाका राजदूत क्याथरिना वाइजरले शिष्टाचार भेट गरेकी छन्। मन्त्रालयमा आज भएको भेटमा उनीहरूले दुई देशबीच रहिआएको आपसी सम्बन्ध र सहयोगका विविधि विषयमा विचारविमर्श गरे। भेटमा ऊर्जामन्त्री भुसालले पाटन सङ्ग्रहालय र केशर महलस्थित बगैँचाको जीर्णोद्वारमा अष्ट्रियाले पुर्याएको सहयोगप्रति त्यहाँको सरकारलाई धन्यवाद व्यक्त गरिन्। उनले वातावरण र सांस्कृतिक सम्पदा संरक्षण, खानेपानी एवं पर्यटन विकासमा अष्ट्रियाले नेपाललाई सहयोग गरेको स्मरण गरिन् । उनले जलवायु परिवर्तन …

पुरा पढ्नुहॊस »

काठमाडौंका खाली जग्गा भूमाफियाका कब्जामा : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको खाली जग्गा भूमाफियाहरुका कब्जामा रहेको बताएका छन्। मंगलबार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। उनले काठमाडौंका खाली ठाउँहरुमा भूमाफियाहरुले आफ्नो नाममा लिने काम भइरहेको भन्दै यसमा सचेत भएर काम गर्नुपर्ने बताए। यसलाई नियन्त्रण गर्न नसके भविष्यमा काठमाडौंमा खाली ठाउँ नहुने पनि बताए। प्रधानमन्त्री देउवाले काठमाडौंमा फोहोरको समस्या …

पुरा पढ्नुहॊस »

राष्ट्रियसभाका मनोनीत सदस्य दाहालले लिए शपथ ग्रहण

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहाललाई आज पद तथा गोपनीयताको शपथ गराएका छन्। राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठक कक्षमा आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई शपथ गराएका हुन्। शपथपछि अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई सङ्घीय संसद्को लोगो प्रदान गरेका थिए। अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई राष्ट्रियसभाको गरिमा उँचो राख्दै काम गर्न शुभकामना दिए। शपथ ग्रहण कार्यक्रममा सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतम लगायतको उपस्थिति थियो। राष्ट्रपति …

पुरा पढ्नुहॊस »

मेलम्चीको पानी सुरूङमा खसालियो

मेलम्ची नदीको पानी पुनः पथान्तरण गरिएको छ। खानेपानी मन्त्री उमाकान्त चौधरीले आज १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरि ३८ नं को गेट खोलेर उद्घाटन गरे। गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो। सरकारले चैत मसान्तभित्र पानी काठमाडौँ पुर्याउने घोषणा गरेको थियो। पानी पठाउन आज सुरु गरिए पनि काठमाडौँमा पानी उपलब्ध गराउन अझै दुई साता लाग्नसक्ने बताइएको छ। गत वर्ष चैत १७ गतेदेखि राजधानीमा …

पुरा पढ्नुहॊस »

मुलुकको अर्थतन्त्र श्रीलंकाको अवस्थामा पुगेको छैन : वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्र सहकार्य गरेर नेपाललाई श्रीलंका नभएर समृद्ध नेपाल बनाउनु पर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५६ औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन्। मुलुकको अर्थतन्त्र बाहिर प्रचार भए जस्तो श्रीलंकाको जस्तै अवस्थामा नपुगेको वरिष्ठ उपाध्यक्ष ढकालको भनाइ थियो । उनले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नका लागि हामीसँग धेरै सम्भावना र उपायहरु रहेकाले सरकारले समाधान गर्ने तिर …

पुरा पढ्नुहॊस »