प्रदिप नेपाल

सिंगो पार्टीलाई प्रतिकूल असर पर्ने भन्दै कांग्रेस बर्दिबासले गठबन्धन नगर्ने

नेपाली कांग्रेस बर्दिबासले गठबन्धन नगर्ने निर्णय गरेको छ। नजिकिँदै गरेको आसन्न निर्वाचनमा गठबन्धन गरेर पदिय भागबण्डा गर्दा सिंगो नेपाली कांग्रेसमा प्रतिकूल असर पर्ने भन्दै गठबन्धन नगर्ने निर्णय गरेको हो। नेपाली कांग्रेसले स्थानीय तहमा आवश्यकता अनुसार अन्य राजनीतिक दलसँग गठबन्धन गर्न सकिने भन्ने निर्देशनमाथि छलफल गर्दा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरिएको नेपाली कांग्रेस नगर सभापति युवराज पोखरेलले जानकारी दिए। आजै बर्दिबास नगरसमितिले उक्त निर्णयलाई केन्द्रीय कार्यालय सानेपा, जिल्ला कार्यालय …

पुरा पढ्नुहॊस »

भारतमा एक दिनमा थपिए ११ सय सङ्क्रमित

कोरोना भाइरसबाट भारतमा अझै पनि दैनिक झण्डै थप ११ सय मानिस सङ्क्रमित हुने गरेका छन्। सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा देशभरी एक हजार १५० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। भारतको संघीय स्वास्थ्य मन्त्रालयले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने ११ हजार ३६५ रहेको जनाएको छ। पछिल्लो २४ घण्टामा भारतमा एक हजार १९४ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ। महामारी सुरु भएदेखि अहिलेसम्म भारतमा …

पुरा पढ्नुहॊस »

१३ जना नयाँ संक्रमित थपिए, ४४ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १३ जनामा काेरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार १५५ नमूना परीक्षण गर्दा १३ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो। सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा ४४ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ६३७ जना सक्रिय संक्रमित रहेका छन्। एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या शून्य रहेको छ ।

पुरा पढ्नुहॊस »

आइतबार सार्वजनिक विदा दिने सरकारकाे निर्णय

Bida/सार्वजनिक बिदामा नेपालको ‘विश्व रेकर्ड’ !

रामनवमीका अवसमा सरकारले भोलि आइतबार सार्वजनिक विदा दिने भएको छ। गृह मन्त्रालयद्वारा शनिबार जारी विज्ञप्तिअनुसार चैत २७ गते आइतबार रामनवमीका अवसरमा नेपाल अधिराज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा हुनेछ। रामनवमीका अवसरमा विदा दिने निर्णय चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको जारी विज्ञप्तिमा उल्लेख छ।  

पुरा पढ्नुहॊस »

कांग्रेसको प्रवास समन्वय प्रचारप्रसार उपसमिति गठन

नेपाली कांग्रेसले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा कांग्रेसको पक्षमा प्रचार–प्रसार अभियान व्यापक पार्न प्रवास समन्वय प्रचारप्रसार समिति गठन गरेको छ। स्थानीय तह निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतको सभापतित्वमा २२ चैतमा बसेको समितिको बैठकले प्रवासमा रहेका नेपालीमार्फत प्रचार प्रसार गर्न ८४ सदस्यीय उपसमिति र उपसमिति अन्तर्गत १३ सदस्यीय प्रवास मिडिया समन्वय सञ्जाल गठन गरेको हो। कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति गोरख (आनन्द) …

पुरा पढ्नुहॊस »

गभर्नरलाई निलम्बन गरेर सरकारले निर्लज्जता प्रकट गरेको छ: केपी ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट गरेको बताएका छन्। अर्थमन्त्री जनार्दन शर्माप्रति संकेत गर्दै अध्यक्ष ओलीले अनुहारभरि रौं भएको मुसोले अर्थतन्त्र बर्बाद पारे पनि एउटा सोझो भ्यागुतो जस्तो गभर्नरलाई सरकारले कारबाही गरेर निर्लज्जता प्रकट गरेको बताएका हुन्। शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र जोगाउन प्रयास गरिरहेको गभर्नरलाई, अर्थतन्त्र बुझेका मान्छे अधिकारीलाई सरकारले गभर्नरबाट …

पुरा पढ्नुहॊस »

बर्डफ्लु नियन्त्रणका लागि तनहुँमा कुखुरा, चल्ला र अण्डा ल्याउन रोक

जिल्ला बर्डफ्लु रोग नियन्त्रण समिति तनहुँले चितवनबाट कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाएको छ। बर्डफ्लु रोग नियन्त्रणका लागि चितवनबाट यहाँ कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाइएको हो । आज दिउँसो १२ बजेदेखि लागू हुने गरी एक हप्तासम्मका लागि चितवनबाट भित्रिने जिउँदो कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए। चितवनलगायत देशका विभिन्न जिल्लामा …

पुरा पढ्नुहॊस »

टिपर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौँको नाङ्गेबजारमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शङ्खरापुर नगरपालिका–१ नाङ्लेबजारमा बा४ख ६३७९ नं को टिपर दुर्घटना हुँदा धादिङको थाँक्रे गाउँपालिका–७ का २० वर्षीय किरण बाँस्कोटाको गएराति मृत्यु भएको हो। टिपर सडकबाट १०० मिटर तल खसेको र टिपरले नै किचेर बाँस्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ। बाँस्कोटा टिपरका सहचालक हुन् ।

पुरा पढ्नुहॊस »

टीका प्रसाईंको ‘तिमी बिना’ बजारमा (भिडियोसहित)

लोकप्रिय गायिका टीका प्रसाईंले ‘तिमी बिना’ बोलको नयाँ गीत सार्वजनिक गरेकी छिन्। विगतमा आधुनिक, सेमी-क्लासिकल, लोकभाका, डान्सिङ्ग नम्बर आदि धेरै गीतहरु ल्याएर चर्चा पाएकी प्रसाईंले यसपटक भने गजललाई गीतको माध्यम बनाएर आएकी हुन्। गीतको रचना गणेश श्रेष्ठले गरेका हुन् भने संगीतकार सन्तोष दुमी रहेका छन्। स्वर टीका स्वयंको छ। एरेन्जर आदेश गुर्मछान हुन् भने रेकर्डिङ मनोज साङसोङ र सुरेश राईले गरेका छन्। मिक्सिङ मास्टरिङ्ग राजु कार्कीले गरेको गीतलाई टीका प्रसाईंको …

पुरा पढ्नुहॊस »

स्थानीय तहको निर्वाचनमा एमालेलाई विजयी गराउने गरि तयारी गर्न ओलीको निर्देशन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी बनाउन आवश्यक तयारी गर्न निर्देशन दिएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उनले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन तय भएको र देशभर विजयी गराउनका लागि आवश्यक तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन्। अध्यक्ष ओलीले जनादेशको दुरुपयोग गर्नेहरुलाई देखाउने गरि चुनावको तयारी गर्नु पर्ने र त्यसका लागि सबै एकभएर जुट्नुपर्ने …

पुरा पढ्नुहॊस »
This will auto close after