सर्लाही भन्सार कार्यालयद्वारा कन्टेनरभित्र रहेकाे २०० बोरा चिनी बरामद

भारतबाट धान लिएर आएको कन्टेनरलाई सर्लाही भन्सार कार्यालय मलङ्गवामा जाँच गर्ने क्रममा २०० बोरा चिनी बरामद भएको छ।

भारतको पटनाबाट धान भनेर ल्याइएका दुई कन्टेनरबाट २०० बोरामा राखिएको १० हजार किलो चिनी बरामद भएको भन्सार कार्यालयका प्रमुख मुरारीप्रसाद काफ्ले जानकारी दिए।

कन्टेनरको अगाडिको भागमा धान राखेर भित्रपट्टी चिनी राखिएको अवस्थामा फेला परेको उनले जानकारी दिए। कन्टेनरबाट बरामद भएको २० क्विन्टल धान र चिनी जफत गरिएको छ भने कन्टेनरलाई नियन्त्रणमा राखेर मुद्दा प्रक्रिया बढाइएको भन्सार प्रमुख काफ्लेले बताए।

कन्टेनरका चालकलाई तीन लाख धरौटीमा छाडिएको भन्सार कार्यालयले जनाएको छ। धान सर्लाहीको हरिवनमा लिएर जाँदै गरेको चालकले बयान दिए पनि चिनीका बारेमा केही नबताएको भन्सार कार्यालयले जनाएको छ।

 

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

फाइल तस्वीर

रवि लामिछानेलाई काठमाडौं ल्याइने

काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति …

प्रतिकृया दिनुहॊस