प्रदिप नेपाल

शेयर बजार गिरावट कायमै, १५ दशमलव शून्य २ अंकले घट्यो नेप्से

मंगलबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । सोमबार ३४ दशमलव ९५ अंकले घटेको बजार आज १५ दशमलव शून्य २ अंकले घटेर २ हजार ३७० दशमलव ९९ विन्दुमा झरेको हो । मंगलबार २२८ वटा धितोपत्रको ३४ लाख १९ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ४ करोड ६० लाख १४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । मंगलबार १३ वटा …

पुरा पढ्नुहॊस »

डिशहोमको १ वर्षमा २४ महिना योजना अन्तर्गत दुईजना ग्राहकले जिते एक लाख

१ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले १ बर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डि.टि.एच.को सेवा उपभोग गर्न पाउनेछन् । साथै यस योजनामा हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले रु एक लाख जित्ने अवसर पनि प्राप्त गर्नेछन् । योजना अन्तर्गत बैशाख पाँच गते र बैशाख १२ गते गरिएको लक्की ड्रमा क्रमशः CAS ID 71900831042 र 02564251703 भएका ग्राहकहरुले रु एक–एक लाख जित्न सफल भएका छन् । डिशहोमका …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकद्वारा सानैदेखि बचत गर्ने बानीको विकास गर्न आह्वान (भिडियो)

मुक्तिनाथ विकास बैंकले बचत गर्ने बानीको विकासका लागि जनसचेतना फैलाउने उद्देश्यले सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ। नानीदेखि नै बचत गर्ने बानीको विकास गर्दा भविष्यमा भैपरी आउने काममा सघाउ पुग्ने भिडियोको सन्देश छ। भिडियोमा आमा र छोरीको अभिनयमार्फत पैसा बचत गर्नेबारे सन्देश दिइएको छ। भिडियोमा सुरुआतमै विश्वासका साथ चालिएका स–साना कदमहरुले आफूहरुलाई ठूलठूला गन्तव्यतर्फ डोर्याउने गरिएको सन्देश दिइएको छ। भिडियोमा आमाले आउँदा पिँढीलाई आत्मनिर्भर बनाउन यस्तै साना–साना कदमहरुमा विश्वास गर्न सिकाउने …

पुरा पढ्नुहॊस »

देशभर मनोनयन दर्ता गराउने उम्मेदवारको संख्या १ लाख ४४ हजार नाघ्यो

निर्वाचन आयोगले मनोनयन दर्ता गरेकाहरूको थप संख्या सार्वजनिक गरेको छ। आज मध्याह्न साढे १२ बजेसम्मको तथ्याङ्कअनुसार मनोनयन दर्ता गर्नेको संख्या एक लाख ४४ हजार ४१६ जना रहेका छन् । ७५३ स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्य पदका लागि करिब चार गुणा बढी उम्मेदवारी परेको हो । सर्वाधिक मधेश प्रदेशमा ३७ हजार ३७७ जनाले मनोनयन दर्ता गरेको जनाएको छ। त्यसपछि बाग्मती प्रदेशमा …

पुरा पढ्नुहॊस »

टोखा नगरपालिका प्रमुखमा कांग्रेसबाट रजनी थापाको उम्मेदवारी

नेपाली कांग्रेसले काठमाडौंको टोखा नगरपालिकाको प्रमुखको उम्मेदवारमा रजनी थापालाई उठाएको छ । गत स्थानीय निर्वाचनमा उनी सोही नगरपालिकाको उपमेयरमा झिनो मतले पराजित भएकी थिइन् । ‘देशलाई युवाको जोश र अग्रजको साथ चाहिएको बेला टोखा नगरलाई कसरी समृद्ध र स्वच्छ बनाउन सकिन्छ भन्ने सोचका साथ मैले उम्मेदवारी दिएकी हुँ ।’ उम्मेदवारी दर्ता गरेपछि थापाले भनिन् । देशभरि गठबन्धन गर्दा महिला उम्मेदवारको संख्या कम भइरहेको अवस्थामा टोखामा भने कांग्रेसले महिलालाई प्रमुख पदमा …

पुरा पढ्नुहॊस »

छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ। धनुषा, भक्तपुर, अर्घाखाँची, दार्चुला र सर्लाहीमा भएका दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सिन्धुलीटोलमा गएराति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। सडक छेउमा रोकिराखेको ना २ ख ८६२४ नम्बरको ट्रकमा गएराति साढे २ बजे तीन जना सवार लु ८३ प ८६५१ नम्बरको मोटरसाइकल ठोक्किएको थियो। मृत्यु हुनेमध्ये हालसम्म एक जनाको मात्र सनाखत भएको …

पुरा पढ्नुहॊस »

सुनको मूल्य तोलामा नौ सय रुपैयाँले घट्याे

सुनको भाउ मंगलबार तोलामा नौ सय रुपैयाँले घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँमा काराेबार भइरहेकाे छ। सोमबार सुन तोलाको एक लाख दुई सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार तेजावी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण गरिएकाे छ। चाँदीको भाउ भने स्थिर नै छ। सोमबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि एक …

पुरा पढ्नुहॊस »

३५ हजार २२१ पदका लागि १ लाख ४ हजार १२३ जनाको उम्मेदवारी

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि १ लाख ४ हजार १२३ जनाले मनोनयन दर्ता गराएका छन् । ७५३ वटा स्थानीय तहमा निर्वाचित हुनुपर्ने पद संख्या भने ३५ हजार २२१ हो । तर, झण्डै तेब्बर बढीले विभिन्न पदमा मनोनयन दर्ता गराएका हुन् । सोमबार राति ११ बजे निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा बढी मधेश प्रदेशमा २४ हजार १४३ जनाले मनोनयन दर्ता गराएका छन् । यसपछि प्रदेश १ मा …

पुरा पढ्नुहॊस »

ताप्लेजुङ केन्द्रविन्दु भएर गयाे भूकम्प

नेपालको पूर्वीपहाडी जिल्ला ताप्लेजुङको उत्तरी क्षेत्र ओलाङचुङगोला केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ः१७ बजे ताप्लेजुङ जिल्लाको ओलाङचुङ गोला केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ। गाेरखा भूकम्प गएकाे आज वैशाख १२ गते ७ वर्ष पुरा भएकाे छ ।

पुरा पढ्नुहॊस »

साढे ८ बजेसम्म देशभर ८२ हजार २१० जनाद्वारा उम्मेदवारी दर्ता

निर्वाचन आयोगले उम्मेदवारी दर्ता विवरण अध्यावधिक गरेको छ। सोमबार राति साढे ८ बजे अध्यावधिक गरिएको विवरण अनुसार देशभर ८२ हजार २१० जनाले उम्मेदवारी दर्ता गरेका छन् । आयोगका अनुसार नगरपालिका मेयरमा २ हजार ३४३ र गाउँपालिका अध्यक्षमा २ हजार ४९७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै उपप्रमुखमा १ हजार ४५४ र उपाध्यक्षमा १ हजार ७२६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

पुरा पढ्नुहॊस »