बुधबार (आज) शेयर बजारमा सामान्य सुधार आएको छ। मंगलबार १५ दशमलव शून्य २ अंकले घटेको बजार आज ५ दशमलव १७ अंकले बढेर २ हजार ३७६ दशमलव १७ विन्दुमा पुगेको छ। बुधबार २२८ वटा धितोपत्रको २८ लाख ८५ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट १ अर्ब ८ करोड ९९ लाख ९२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। बुधबार १३ वटा समूहमध्ये ९ वटा समूहको …
पुरा पढ्नुहॊस »साताको दुई दिन बिदा दिने सरकारकाे निर्णय
सरकारले जेठ १ गतेदेखि साताको दुई दिन बिदा दिने निर्णय कार्यान्वयनमा ल्याउने भएको छ। जेठ १ गतेबाट सरकारी कार्यालयहरु शनिबार र आइतबार दुई दिन बिदा हुने भएका हुन् । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले परीक्षणका रुपमा जेठ १ गतेबाट साताको दुई दिन बिदा दिने निर्णय भएको बताए । सोमबारदेखि शुक्रबारसम्म बिहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय निर्धारण गरिएको छ। …
पुरा पढ्नुहॊस »डिशहोम फाईवरनेटको नयाँ अफर: ६९९ रूपैयाँमा ५० एमबिपिएसको इन्टरनेट प्याकेज
डिशहोम फाईवरनेटले आफ्ना ग्राहकहरुका लागि रु ६९९ प्रतिमहिना पर्ने ५० एमबिपिएसको इन्टरनेटसहित डिटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको छ। मासिक रु ६९९, त्रैमासिक रु २,०९७, अर्ध वार्षिक रु ४,१९४ र वार्षिक रु ८,३८८ आवती चार्ज पर्ने यो गजबको प्याकेज अफरमा फाइफ-जी, डुअल ब्यान्ड राउटर पनि रहेको छ। एक बर्षको जडान गर्ने ग्राहकहरुले भने यो राउटर सित्तैमा पाउनेछन्। डिशहोम फाईवरनेट जडान गर्नका लागि सम्पर्क नम्बर ९८०१५४४००० वा नजिकैको डिलरसँग सम्पर्क गर्न …
पुरा पढ्नुहॊस »बागी उम्मेदवारी फिर्ता गराउन गठबन्धन बैठककाे सात बुँदे निर्देशन
पाँचदलीय गठबन्धनको बैठकले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ। बुधबार बसेको गठबन्धन बैठकले ६ महानगर र ११ उपमहानगरमा गबन्धनको निर्णयविपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको हो। ६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको प्रदेश र जिल्ला संयन्त्रको बैठक आजै राखेर वडाका विभिन्न पदहरूमा गठबन्धनभित्रका दलहरुका बिचमा सिट बाँडफाँटको सम्झदारी गर्ने निर्णयसमेत गरेको छ। गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गराएका उम्मेदवारी फिर्ता गराउन सम्वन्धित …
पुरा पढ्नुहॊस »देशभर भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। चितवन, बारा, स्याङ्जा र मोरङमा भएका दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। चितवनको इच्छाकामना गाउँपालिका–३ चुम खोलास्थित सडकमा बागमती प्रदेश ०२–०३३ प ४८११ नम्बरको मोटरसाइकललाई ना.६ ख २३०१ नम्बरको ट्रकले मंगलबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक अछाम तुरमाखात गाउँपालिका–५ बस्ने २७ वर्षीय भरत शाही रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो …
पुरा पढ्नुहॊस »जेठकाे दोस्रो सातादेखि चितवनबाट सवारी चालक अनुमतिपत्र दिइने
आगामी जेठ दोस्रो सातादेखि चितवनमा सवारी चालक अनुमतिपत्र दिने गरी तयारी थालिएको छ । यातायात व्यवस्था सेवा कार्यालयले चालक अनुमतिपत्र वितरणका लागि आवश्यक परीक्षास्थल र सवारीसाधनका लागि प्रस्ताव आह्वान गरेको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव नेत्र शर्माका अनुसार यही वैशाख २ गते प्रयोगात्मक परीक्षाका लागि परामर्श सेवा प्रस्ताव आह्वान गरिएको छ । पन्ध्र दिनभित्र परेका प्रस्तावको अध्ययन गरी काम अघि बढाइने उनले बताए। जिल्लामा दुईपाङ्ग्रे, …
पुरा पढ्नुहॊस »स्थानीय तह निर्वाचनका लागि काभ्रेमा २ हजार ७७३ जनाकाे उम्मेदवारी
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काभ्रेमा विभिन्न राजनीतिक पार्टी तथा स्वतन्त्रबाट गरि दुई हजार ७७३ जनाले मनोनयन दर्ता गराएका छन् । सोमबार सम्पन्न भएको मनोनयन दर्ताको विवरण स्थानीय तहमा स्थापना भएको निर्वाचन अधिकृतहरूको कार्यालयबाट सार्वजनिक गरिएको हो । जिल्लामा प्रमुख राजनीतिक दलहरु नेकपा (एमाले) र सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत साना राजनीतिक दलहरूले पनि आफ्नो पार्टीको उम्मेदवार मनोनयन दर्ता गराएका छन्। …
पुरा पढ्नुहॊस »गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा बिहीबार पनि सुनुवाइ हुने
सर्वोच्च अदालतमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिट निवेदनमा मंगलबार सुनुवाइ नसकिएकाले ‘हेर्दाहेर्दै’ रहेको छ। अर्को सुनुवाइ बिहीबारका लागि राखिएको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको हो। गर्भनर अधिकारीले बिना जानकारी र बिना स्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर समिति गठन गरिएको उल्लेख गर्दै उक्त निर्णय खारेज गर्न आदेश माग गर्दै वैशाख ४ …
पुरा पढ्नुहॊस »‘एमालेकाे सरकारले लाेकप्रिय कार्यक्रमहरू ल्याएकाे थियाे’ : शङ्कर पोखरेल
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीले सधैँ स्वाधीनता र राष्ट्रिय एकताका पक्षमा आवाज उठाउँदै आएको बताएका छन्। नेकपा एमाले, सम्पर्क समन्वय कमिटीले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले नागरिकलाई राष्ट्रिय स्वाधीनताको विषय सबैभन्दा प्रिय भएको र एमालेले सधैँ राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको रक्षामा लागेको बताए। नेपालमा छ दशक समय राजनीतिक लडाइँमा र अधिकार प्राप्तिमा लाग्दैमा बितेको र अहिले त्यो अवस्था नभएको महासचिव पोखरेलले बताए। भारत र चीन दुवै छिमेकी देशहरुले नेपालसँग …
पुरा पढ्नुहॊस »आज र भोलि उम्मेदवारविरुद्धको उजुरीमाथि छानबिन हुने, शनिबार चुनाव चिह्न वितरण
स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि छानबिन थाल्ने भएको छ। आइतबार र सोमबार मनोनयन दर्ता भएकामा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो। प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आज र भोलि छानबिन गरेर आयोगले निर्णय पनि लिनेछ । आयोगले बिहीबार उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ। १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने …
पुरा पढ्नुहॊस »