छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ। धनुषा, भक्तपुर, अर्घाखाँची, दार्चुला र सर्लाहीमा भएका दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सिन्धुलीटोलमा गएराति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। सडक छेउमा रोकिराखेको ना २ ख ८६२४ नम्बरको ट्रकमा गएराति साढे २ बजे तीन जना सवार लु ८३ प ८६५१ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।

मृत्यु हुनेमध्ये हालसम्म एक जनाको मात्र सनाखत भएको प्रहरीले जनाएको छ। सनाखत भएकामा धनुषाकै जनकपुर उपमहानगरपालिका–४ का अन्दाजी १९ वर्षीय सुमित टिण्डेवाल रहेका छन्। अन्य २ जना मृतकको सनाखत हुन अझै बाँकी रहेको छ।

दुर्घटनामा गम्भीर घाइते भएका ३ जना पुरुषको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । ट्रक चालक फरार भएकोले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

सर्लाहीको बसवरिया गाउँपालिका–४ गोनर्वा स्थित सडकमा बिआर ४३ ए१५४६ नम्बरको डिजे रथको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोडैता नगरपालिका–११ सिसौटिया घर भएकी ७ वर्षीया लक्ष्मीनिया पंडित रहेकी छन्। उनको सोमबार साँझ मृत्यु भएको हो।

भक्तपुरको मध्यपुरथिमी नगरपालिका–४ चारदोबाटो चोकमा बा.४ ख ८५८१ नम्बरको टिपर र बा. प्र ०२–०२३ प ७७६९ नम्बरको स्कुटर ठोक्दिा स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–३ झौखेल ठकुरी गाउँ बस्ने काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–६ घर भएका ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरी रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दार्चुलाको शैल्यशिखर नगरपालिका–२ स्थित सडकमा ना.५ ख १८०८ नम्बरको बसले किच्दा एक जना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने महेश कपाडीको छोरा ६ वर्षीय अमृत कपाडी रहेका छन् । उनको सोमबार दिउँसो घट्नास्थलमै मृत्यु भएको हो।

बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोही बिषयलाई लिएर स्थानीय बासिन्दाले बसमा आगो लगाउँदा बस पूर्णरुपमा क्षति भएको छ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ छेँडास्थित सडकमा लु.११ प ८६३९ नम्बरको मोटरसाइकल सोमबार दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलमा सवार सोही नगरपालिका–२ भद्रिखोला बस्ने ६९ वर्षीय बलराम पौडेल रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने सरकारको योजना

काठमाडौं । सरकारले नेपालको आफ्नै भू-उपग्रह स्थापना गर्ने भएको छ । सरकारकाे आउँदाे आर्थिक वर्षकाे …

प्रतिकृया दिनुहॊस