वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि १ लाख ४ हजार १२३ जनाले मनोनयन दर्ता गराएका छन् । ७५३ वटा स्थानीय तहमा निर्वाचित हुनुपर्ने पद संख्या भने ३५ हजार २२१ हो । तर, झण्डै तेब्बर बढीले विभिन्न पदमा मनोनयन दर्ता गराएका हुन् ।
सोमबार राति ११ बजे निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा बढी मधेश प्रदेशमा २४ हजार १४३ जनाले मनोनयन दर्ता गराएका छन् ।
यसपछि प्रदेश १ मा १८ हजार ४९९ जना, लुम्बिनी प्रदेशमा १७ हजार ७२० जना, बाग्मती प्रदेशमा १७ हजार २२५ जना, सुदूरपश्चिम प्रदेशमा ९ हजार २० जना, कर्णाली प्रदेशमा ८ हजार ९८४ जना र गण्डकी प्रदेशमा ८ हजार ५३२ जनाले मनोनयन दर्ता गराएका छन् ।
तपाईंको प्रतिकृया




